2026-09-18 11:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

समावेशी शिक्षा तालिम समापन

 कात्तिक २७, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको आयोजना र जिल्ला शिक्षा कार्यालय रुपन्देहीको संमन्वयमा बुटवलमा जारी समावेसी शिक्षा अभियान सम्बन्धी अभिमुखिकरण कार्यशाला शनिवार सम्पन्न भएको छ । 

विद्यालय क्षेत्रभित्र रहेका अपाङ्गता भएका वालवालिकाहरुलाई कसरी विद्यालय सेवा क्षेत्र भित्र ल्याउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको कार्यशालामा रुपन्देहीका  विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, विदालय व्यवस्पान समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

तालिममा विद्यालय निरिक्षक हरिलाला अर्याल र धनेश्वर पन्तले समाहित शिक्षाको विविध पक्षमा सहजीकरण गरेका थिए भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले अपाङ्गता विद्यार्थीको अधिकार, अफ्ठारा चुनौतिहरुको विषयमा कसरी संमन्वयकारी भुमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए । 

तलिम समापन समारोह राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष कल्पना ढकालको अध्यक्षता, क्षेत्रीय संयोजक सावित्रा घिमिरेको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी केरवानी माविका प्रअ दुर्गादत्त आचार्य बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता कृष्ण खनाल लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई