कात्तिक २७, पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ ।
संस्थाले आफ्नो आठौ साधरण सभा"/>
कात्तिक २७, पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ ।
संस्थाले आफ्नो आठौ साधरण सभा"/>
कात्तिक २७, पर्वत । संञ्जिविनी बहुउदेश्यीय सहकारी संस्था लिमिडेटले सहाराकर्मी सहित एक दर्जनलाई सम्मान गरेको छ ।
संस्थाले आफ्नो आठौ साधरण सभाको अबसरपारि सहाराकर्मी महेन्द्र केसि सहित एक दर्जनलाई सम्मान गरेको हो । सूचना प्रवाह गरी सहकारीको प्रर्वद्धन र विकासको लागि टेवा पु¥र्याएको भन्दै सहारान्यूज दैनिकका सहसम्पादक तथा प्रेस सेन्टर नेपाल पर्वतका सचिव महेन्द्र केसी, रेडियो शालिग्रामका स्टेशन म्यानेजर तथा मोदीकाली साप्ताहिका प्रधानसम्पादक ओमप्रसाद घायललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
त्यस्तै सहकारीले चार जना जेष्ठ नागरिकलाई समेत सम्मान गरेको छ । सम्मानीत हुनेमा विष्णु कुमारी खत्री, जय बहादुर क्षेत्री, डिलबहादुृर हमाल र थम कुमारी चपागाई रहेका छन् ।
शिक्षा क्षेत्रमा कैलाश तिमिल्सीना र रोजिना पौडेललाई सहकारीले सम्मानीत गरेको छ । त्यस्तै सहकारीले उत्कृष्ठ बचतकर्ताका रुपमा चार जनालाई सम्मान गरेको छ । सम्मानीत हुनेमा नममाया पुन, शान्ति क्षेत्री, हेम कुमारी क्षेत्री ( विष्णु), र सम्झना विकलाई सम्मान गरेको हो ।
उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेको आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै लामिछानेले सहकारी नाफामुखी नभई सेवामुखि हुनुपर्नेमा जोड दिए ।
उनले सहकारी संस्था पछिल्लो समयमा जिल्लामा बढ्दो मात्रमा रहेको र सहकारीले सही व्यवस्थान गर्न नसकेका कारण बचत कर्ता लगानी गर्नमा ससंकित हुने गरेको अबस्था देख्रिएको भन्दै सहकारीले पातिचौर क्षेत्रमा नमूनाका रुपमा आफ्ना काम अगाडि बढाएको भन्दै खुसि व्यक्त गरे ।
उनले पातिचौर क्षेत्रमा सहकारीले गरेको सेवा प्रवाहका कारण सहकारीको उचाई माथि पुगेको बताउँदै आफु पनि सहकारी र उद्योग क्षेत्रमा लगानी बढाउन जोड दिए ।
लामिछानेले पातिचौर क्षेत्रमा उवासंघको उपशाखा खोल्नको लागि आफुले योजना बनाएको र यसमा स्थानीय व्यवसायी एकिकृत हुनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष सागर जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शेयर सदस्य नममाया पुनले स्वागत मन्तव्य राखेकी थिइन ।
कार्यक्रममा नेपाल टेलकम बाग्लुङका यज्ञप्रसाद आचार्य, राष्ट्रिय सहकारी बैकका सुरेश खनाल, मित्रप्रसाद तिमिल्सीना, हरिप्रसाद शर्मा, भोला तिमिल्सीना लगाएतले बोलेका थिए ।
सोही अबसरमा संस्थाले अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो । वि.सं २०६६ सालमा पातिचौरमा २७ जना शेयर सदस्यबाट २७ हजारबाट सेवा प्रवाह शुरु गरेको संस्थामा अहिले १ सय ७३ जना शेयर सदस्य पुगेका छन् भने यस बर्ष ५५ लाख १७ हजार ३ सयको कारोबार गरिरहेको छ । आव ०७३।७४ को पहिला पाँच महिनामा ३ लाख ९७ हजार ९४ रुपैयाँ थप गरेको छ । संस्थाले मुनाफा रकम समेत वितरण गरको छ ।
शेयर सदस्यहरुलाई २० प्रतिशतका दरले झण्डै १० लाख ५४ हजार ७ सय ८० रुपैयाँ बोनस रकम वितरण गरेको छ । संस्थाको आम्दानी १३ लाख ५८ हजार ३० रुपैयाँ रहेको छ । संस्थाले साधरणसभा सम्ममा १ करोड ३४ लाख २२ हजार कुल लगानी गरेको छ भने ७५ लाख ६८ हजार ३ सय ९२ असुल उपर गर्न बाँकी रहेको जनाएको छ ।
पसिनाको कमाइ एक एक सिक्का साँवा र व्याज एक ढिक्का भन्ने मुल उदेश्यका साथ संचालन भएको संस्थाले पातिचौर क्षेत्रमा शिक्षा, स्वास्थ्य, संचार लगायतका क्षेत्रमा समेत नविनतम् काम गर्दै आइरहेको छ ।