श्याम शुन्दर पुदाशैनी | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारणको दैनिकी प्रभावित भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... श्याम शुन्दर पुदाशैनी | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारणको दैनिकी प्रभावित भए"/>
५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दको मारमा जनता, ८० जना नेता तथा कार्यकर्ता प्रहरी खोरमा (अपडेट)

२८ कार्तिक २०७३, आईतवार ०४:४२

श्याम शुन्दर पुडाशैनी |  कात्तिक २८, काठमाडौँ |

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । आज विहानैबाट गरिएको बन्दले मुलुकभरका सार्वजनिक सवारी साधन चल्न नसक्दा सर्वसाधारणहरु मर्कामा परेका हुन । केही निजी सवारीसाधन फाट्टफुट्ट चलेपनि सार्वजनिक सवारी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा पुग्न बाध्य भएका छन । खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको दाबी गरेको छ । 

यसैविच 

कति खोरमा जाकिए ?

जवरजस्ति सवारी बन्द गराउन खोज्ने देशभर ८० भन्न्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । सडकमा सवारी बन्द गराउन निस्केका चन्द माओवादीका दुई जना जिल्ला नेतासहित ८० बढी कार्यकर्तालाई प्रहरीले विहानै झिसमिसेमै पक्राउ गरेको हो । पूर्वघोषित ‘नेपाल बन्द’ सफल पार्न भन्दै चन्द माओबादीका कार्यकर्ता आज बिहान अँध्यारोमै काठमाडौं र ललितपुरका चोक–चोकमा निस्केका थिए । 

चन्द माओत्रादी निकट विद्यार्थी संगठनमा केन्द्रिय अध्यक्ष पुर्ण वहादर सिह, उपाध्यक्ष  लाल वहादुर  शर्मा, महासविच दिपेन्द्र चलाउने, उपत्यका संयोजक लोकेस विश्कर्मा,केन्द्रित सदस्य गणेश नेपाललगायत पनि पक्राउ परेका छन् । यस्तै माओवादी काठमाडौं जिल्ला समितिका उपाध्यक्ष किरण भनिने सुर्य भुजेल र जिल्ला सदस्य विशाल लामा पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा सन्दिप तामाङ, साधु चौरसिया, संकल खड्का, सुवास नगरकोटी, उपेन्द्र तामाङ, प्रसन्न आलेमगर, पदम बहादुर सुनुवार, धन बहादुर तामाङ, अनुप तामाङ, निरज गुरुङ, सम्भु थापा मगर, विकास थापामगर लगायत  छन् । 

पक्राउ परेका हरुलाई, सिंहदरबार, कालिमाटी, महाराजगञ्जलगायतका प्रहरी वृतहरुमा राखिएको छ । बन्दकर्ताले चढेको दुईओटा मोटरसाईकल महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ । त्यस्तै एक लिटर तारपिन तेलसहित गोंगवुबाट विष्णु पराजुलीलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ ।

दोलखा र सिन्धुलीमा सवारी आगजनी 

बन्द क्रममा दोलखामा अज्ञात समूहले दुईवटा बाइक र एउटा कारमा आगो लगाई फरार भएका छन् । दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले चढ्ने जिविसको सरकारी मोटरसाइकल बा१०प २४० र स्थानीय रवीन्द्र पोखरेलको बा ४७ प ४९७८ को मोटरसाइकल जलेर नष्ट भएको छ ।

अज्ञात समूहले करिब राती २ बजेतिर आगो लगाएर फरार भएको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाइ  छ ।  आगो नियन्त्रणमा नआएको भए घरमा समेत आगलागी हुन सक्ने प्रहरीको भनाइ छ । 

त्यस्तै सिन्धुलीको चियाबारीमा भने अज्ञात समूहले एउटा बलेरो गाडीमा आगजनी गरेका छन्  काठमाडौंबाट बर्दिबास जाँदै गइरेको स १ च ११४४ नम्बरको गाडीमा आगो लगाइएको सिन्धुली प्रहरीले जनाएको छ । आगो लगाउनेको खोजी भइरहेको जनाएको छ । आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ ।

साझा बस नियमित सेवामा

नेपाल प्रहरीले सुरक्षा दिएपछि साझा यातायातले आफ्नो नियमित सेवा सञ्चालनमा ल्याएको छ । साझाले आफ्नो सबै रुटमा विहानैबाट सेवा सञ्चालना ल्याएको हो ।  चन्द  (माओवादी) ले बन्दको आह्वान गरेपछि कुनै पनि यातायात समितिले सेवा सुचारु नगरे पनि साझाले भने यात्रुको समस्यालाई मध्येनजर गर्दै सेवा सुरुचारु गर्दा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई केही राहत मिलेको छ । बन्दमा बस सञ्चालन गरेको भन्दै बन्द आयोजकले तोडफोड गर्न सक्ने भन्दै सुरक्षा दिइएको एसएसपी विक्रमसिंह थापाले जानकारी दिनुभयो ।

स्कटिङको व्यवस्था

आज नेत्रविक्रम चन्द  नेतृत्वको माओवादीले नेपाल बन्दको आह्वान गरेसँगै उपत्यका भित्रिने सवारी साधनलाई नेपाल प्रहरीले स्कर्टिङ गर्दै कलंकीसम्म ल्याउने व्यवस्था मिलाएको छ । थानकोट प्रहरीले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई स्कर्टिङ गर्दै जाने आउने व्यवस्था मिलाएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।

चन्द माओवादीले बन्दको आह्वान गरेसँगै काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । उपत्यकाका चोक–चोक तथा भित्रि गल्लीमा सादा पोशाकमा प्रहरी खटिएका छन् । बन्दको प्रभावले उपत्यकाको सडकमा निकै न्यून संख्यामा सवारी साधन गुडिरहेकाले आवगमन सामान्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी