2026-10-31 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नेपाली कृषिमा यान्त्रीकरण, कालिकोटमा समस्या

दलसिंह गिरी, कार्तिक २८,  कालिकोट । कृषि व्यवशायमा लागत मूल्य कम गर्न तथा काममा छिटो र छरितोपना ल्याउने उद्देश्यले नेपाल सरकार द्धारा जिल्ला कृषि विकास कार्यालय मार्फत गाउगाउमा वितरण गरिएका टिलर मेसिन अथवा खेत जोत्ने ट्याक्टर संचालनमा समस्या आएको भन्दै किसानहरुले दुखेसो पोखेका छन् । खेत जोत्न प्रभावकारी यान्त्रिक मेसिनको रुपमा लिइएको टिलर मेसिन आफुहरुलाई अनुदानमा उपलब्ध भएपनि जिल्लामा प्रयाप्त पेटोल नपाईएका कारण संचालनमा समस्या आएको भन्दै दुखेसो पोखेका हुन् । 

परम्परागत प्रणाली अन्तर्गत गोरुले जोत्दा समय र लागत पनि बढी हुने, अर्काे तर्फ गोरुपालन गर्ने किसानको सख्यामा पनि कम हुँदै गएका कारण यो प्रविधि अत्यन्त उपयोगी भए भएपनि जिल्लामा अहिले टिलर मेसिन संचालनका लागि आवश्यक पेटोल नहुदा समस्यामा परेको प्रटोल किन्न १ दिन लगाएर जिल्ला सदरमुकाम मान्म पुग्नु भएका फुकोटका बसुदेव धमाला बताउनु हुन्छ । हिउदेबाली लगाउनका लागि सिचाई हुने खेतबारीहरुमा सिचाई गरेको १ हप्ता हुन लागि सक्यो तेलका लागि जिल्लामा आयौं तर पेटोल पम्पमा तेल नपाउदा ४ दिन देखि जिल्लामै बस्नु परेको दुखेसो पोख्नुहुन्छ फुकोट कै अर्का किसान राजेश धमाला ।

जिल्ला कै एक मात्र पेटोल पम्प रहेको मस्टामान्डु पेटोल पम्पले ५ देखि पेटोल सकिएको भन्दै आएको र भोली आउछ भन्दा भन्दै चारदिन वितिसकेको गुनासो पाख्छन् । फुकोटका अर्का किसान कणदेव रिजाल । उनी भन्छन् समुह मार्फत कम्तिमा २ सय लिटर पेटोल खरिद गर्ने भनि ३ जना पेटोल लिन आएका छौ तर पेटोल कै ले पुग्नेहो थाहा छैन ।

मस्टामाण्डु पेटोल पम्पका संचालक दिलु बमले पेटोल ल्याएर आएको गाडी ३ दिन देखि सुर्खेतको बड्डीचौर नजिकै विग्रिएकाले समयमै पेटाल उपलब्ध गराउन नसकेको बताउनु भएको छ । हालसम्म नेपाल सरकारले जिल्ला कृषि विकास कार्यालय मार्फत कालिकोट जिल्लाभर ३० बढी टिलर मेसिन ७५ प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास कार्यालयका प्रमुख सुनिल कुमार सिंह ले बताउनु भएको छ । बजारमा ६० देखी ८० हजारमा पर्ने टिलर मेसिन यो बर्ष पनि अनुदानमा ८ भन्दा बढी टिलर मेसिन वितरण गर्ने कार्यक्रम रहेको सिंहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय