९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विभेद अन्त्यका लागि बागलुङको बुर्तिबाङमा दलित युवा सञ्जाल गठन

२९ कार्तिक २०७३, सोमबार ०१:५९

कृष्ण कँडेल | कात्तिक २९, बागलुङ | जातिय विभेद अन्त्यका लागि युवाहरुको सक्रियता बढाउने उदेश्यले बागलुङको बुर्तिबाङमा दलित युवा सञ्जाल गठन गरिएको छ । 

विगतदेखि नै विभेद सहँदै आएका दलित समुदायको शसक्तिकारण र सचेतिकारणका लागि पहिले युवाहरु सचेत हुनुपर्ने भएकाले गाविस भित्रका युवाको भेला गरिसञ्जाल गठन गरिएको हो । 

गाविस भरिका युवाको भेलाबाट देवबहादुर सुनारको अध्यक्षतामा १७ सदस्यीय दलित युवा सञ्जाल बुर्तिबाङ गठन गरिएको दलित शशक्तिकरण केन्द्र बागलुङका सदस्य कुविर विश्वकर्माले जानकारी दिए । सञ्जालको उपाध्यक्षमा सुनमायाँ विक, सचिवमा मिनु विसी, सहसचिव संगिता विश्वकर्मा र कोषाध्यक्ष लक्ष्मी परियार रहेका छन् । 

सञ्जालको संरक्षकमा देवबहादुर विश्वकर्मा र हेमप्रसाद विश्वकर्मा छन् । सञ्जालमा युवाहरु संगठित भएपछि विभेद अन्त्य गर्न विभिन्न प्रकारका रचनात्मक कार्यक्रम गरिने अध्यक्ष देवबहादुर सुनारले जानकारी दिए । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दलित शसक्तिकारण केन्द्र बागलुङले सञ्चालन गरेको समावेशि शिक्षा कार्यक्रम अन्तरगत सञ्जाल गठन गरिएको हो । कार्यक्रममा दलित शशक्तिकारण केन्द्र बागलुङका सदस्य कुविर विश्वकर्माले जातिय विभेद अन्त्य र युवा शशक्तिकारणको बारेमा सहजिकारण गरे । 

कार्यक्रम बुर्तिबाङ गाविसका सचिव चन्डीराज पौडेललको अध्यक्षता, क्षेत्रिय दलित सञ्जालका अध्यक्ष विष्णु विश्वकर्माको स्वागत मन्तव्य र फिल्ड सुपरभाईजर गोपाल विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो