नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सहितको टोलिको सानदार जित

२९ कार्तिक २०७३, सोमबार ०२:०८

विजय थापा | कात्तिक २९, वाशिंगटन डिसी | 

नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु सहितको नेपाली राइनोज क्रिकेट टोलीले आज अमेरिकाको टेक्सास राज्यको ह्युसटन स्पार्क टोलिलाई अन्तिम खेलमा पराजित गरि बिजयी भएको छ | 

नेपाली राइनोज क्रिकेट टोलीले सम्पूर्ण खेल अपराजित हुदै ५४ रन को फराकिलो अन्तरले प्रथम स्थान हासिल गर्दै ६० हजार २ सय ५० डलर प्राप्त गरेको छ | 

नेपाली राइनोज क्रिकेट टोली नेता पारस खड्काले बिजयी भएकोमा हर्ष व्यक्त गर्दै नेपाली क्रिकेट टोलि सहि मार्गमा भएको बताए | क्रिकेटलाई नेपालीले मन पराउने भन्दै सबै खेलाडीले ज्यादै मेहनत गरेकोले यो फल प्राप्ति गरेको बताए |  

आयोजक ,नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो भने उक्त टोलीमा स्थानीय खेलाडीहरु समेतको सहभागिता रहेको छ | क्रिकेट खेलमा उत्कृष्ट खेलाडी शन फिन्ले घोषित भएका छन् भने उत्कृष्ट बलर असन अलि घोषित भएका छन् | 


अमेरिकामा पहिलो पटक आयोजना गरेको उक्त खेलमा इतिहास रच्न नेपाली टोलि सफल भएका छन् | मित्स्युबिसी कम्पनीको प्रमुख प्रायोजनमा अमेरिकामा सम्पन्न भएको उक्त खेलमा उप बिजेता ह्युस्टन स्पार्कले १७ हजार २ सय ५० डलर प्राप्त गरेका छन् | 

गत नोवेम्बर को ९ देखि १३ तारिख सम्म आयोजना भएको थियो भने यसको अतिरिक्त  गत अक्टोबर ३० तारिखमा डीसी महानगर क्षेत्रको भर्जिनियामा कप्तान पारस खड्का, सिद्धान्त लोहनी तथा बसन्त खड्कासंग भेटघाट तथा स्वागत कार्यक्रम राखिएको थियो |  

आयोजकले राष्ट्रका गौरब र शिर उच्च बनाउन सफल नेपालका चर्चित राष्ट्रिय क्रिकेटहरुलाई हौशला दिन नेपाली समुदायलाई आग्रह समेत गरेको थियो |

यसको साथै गत नोवेम्बर ६ तारिख मेरिल्याण्ड राज्यको हयात्सभिलमा घाइते राहत कोष वृद्धिको साथै नेपाली राइनोस क्रिकेट कल्बका बिरुद्ध वाशिंगटन क्रिकेट क्लबका सबै खेलाडीहरु बीच मैत्रीपूर्ण तथा च्यारिटी (परोपकार) क्रिकेट खेल समेत आयोजना गरिएको थियो | प्रतियोगिताको मुख्य उद्देस्य नेपालका क्रिकेट खेलाडीलाई अमेरिकाको भ्रमण गराई घाइते राहत कोषको वृद्धि गर्नु रहेको छ |  


आयोजक, नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो | यसको लागि राइनोस क्रिकेट कल्ब गैर मुनाफा सामाजिक संस्था युएसए नेपाल कम्युनिटि आउटरिच नेटवर्क, टेक्सास नेपाली समाज, डलास एवेरेस्ट लाइन्स कल्ब तथा अन्य नेपाली गैर मुनाफा सामाजिक संस्था संग सहकार्य गर्दै अभियानलाई सफल बनाएको छ |

हुस्टनमा नोवेम्बर ९ देखि १३ तारिख सम्म चलेको प्रतियोगितामा नेपाल, युएई, बेलायत, पाकिस्तान तथा अमेरिकाका अन्य क्लबहरुको सहभागिता रहेको थियो | उक्त टि-२० नामक प्रतियोगिता ५ दिन सम्म संचालन रहेको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य