नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सहितको टोलिको सानदार जित

२०७३, २९ कार्तिक सोमबार ०२:०८

विजय थापा | कात्तिक २९, वाशिंगटन डिसी | 

नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु सहितको नेपाली राइनोज क्रिकेट टोलीले आज अमेरिकाको टेक्सास राज्यको ह्युसटन स्पार्क टोलिलाई अन्तिम खेलमा पराजित गरि बिजयी भएको छ | 

नेपाली राइनोज क्रिकेट टोलीले सम्पूर्ण खेल अपराजित हुदै ५४ रन को फराकिलो अन्तरले प्रथम स्थान हासिल गर्दै ६० हजार २ सय ५० डलर प्राप्त गरेको छ | 

नेपाली राइनोज क्रिकेट टोली नेता पारस खड्काले बिजयी भएकोमा हर्ष व्यक्त गर्दै नेपाली क्रिकेट टोलि सहि मार्गमा भएको बताए | क्रिकेटलाई नेपालीले मन पराउने भन्दै सबै खेलाडीले ज्यादै मेहनत गरेकोले यो फल प्राप्ति गरेको बताए |  

आयोजक ,नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो भने उक्त टोलीमा स्थानीय खेलाडीहरु समेतको सहभागिता रहेको छ | क्रिकेट खेलमा उत्कृष्ट खेलाडी शन फिन्ले घोषित भएका छन् भने उत्कृष्ट बलर असन अलि घोषित भएका छन् | 


अमेरिकामा पहिलो पटक आयोजना गरेको उक्त खेलमा इतिहास रच्न नेपाली टोलि सफल भएका छन् | मित्स्युबिसी कम्पनीको प्रमुख प्रायोजनमा अमेरिकामा सम्पन्न भएको उक्त खेलमा उप बिजेता ह्युस्टन स्पार्कले १७ हजार २ सय ५० डलर प्राप्त गरेका छन् | 

गत नोवेम्बर को ९ देखि १३ तारिख सम्म आयोजना भएको थियो भने यसको अतिरिक्त  गत अक्टोबर ३० तारिखमा डीसी महानगर क्षेत्रको भर्जिनियामा कप्तान पारस खड्का, सिद्धान्त लोहनी तथा बसन्त खड्कासंग भेटघाट तथा स्वागत कार्यक्रम राखिएको थियो |  

आयोजकले राष्ट्रका गौरब र शिर उच्च बनाउन सफल नेपालका चर्चित राष्ट्रिय क्रिकेटहरुलाई हौशला दिन नेपाली समुदायलाई आग्रह समेत गरेको थियो |

यसको साथै गत नोवेम्बर ६ तारिख मेरिल्याण्ड राज्यको हयात्सभिलमा घाइते राहत कोष वृद्धिको साथै नेपाली राइनोस क्रिकेट कल्बका बिरुद्ध वाशिंगटन क्रिकेट क्लबका सबै खेलाडीहरु बीच मैत्रीपूर्ण तथा च्यारिटी (परोपकार) क्रिकेट खेल समेत आयोजना गरिएको थियो | प्रतियोगिताको मुख्य उद्देस्य नेपालका क्रिकेट खेलाडीलाई अमेरिकाको भ्रमण गराई घाइते राहत कोषको वृद्धि गर्नु रहेको छ |  


आयोजक, नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो | यसको लागि राइनोस क्रिकेट कल्ब गैर मुनाफा सामाजिक संस्था युएसए नेपाल कम्युनिटि आउटरिच नेटवर्क, टेक्सास नेपाली समाज, डलास एवेरेस्ट लाइन्स कल्ब तथा अन्य नेपाली गैर मुनाफा सामाजिक संस्था संग सहकार्य गर्दै अभियानलाई सफल बनाएको छ |

हुस्टनमा नोवेम्बर ९ देखि १३ तारिख सम्म चलेको प्रतियोगितामा नेपाल, युएई, बेलायत, पाकिस्तान तथा अमेरिकाका अन्य क्लबहरुको सहभागिता रहेको थियो | उक्त टि-२० नामक प्रतियोगिता ५ दिन सम्म संचालन रहेको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा