2026-09-20 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चार वर्षदेखि विद्यालय भवन नबन्दा, पठनपाठन प्रभावित

कात्तिक २९, पर्वत । पर्वतको ठूलीपोखरीस्थित जनता सुदर्शन उच्च माविको निर्माणाधीन भवन चार वर्ष अघिदेखि अलपत्र परेको छ । 

निर्माणाधीन भवन अलपत्र पर्दा पठनपाठन समेत प्रभावित भएको छ । भवन अभावमा विद्यार्थी भूकम्पले भत्काएको जोखिमयुक्त बनाएको कक्षाकोठामा बसेर पढ्न बाध्य भएका छन् । 

अझै केही समयमा निर्माण सम्पन्न नभए सबै संरचना भत्काउनुपर्ने अवस्था उत्पन्न हुनसक्ने विद्यालयका प्राचार्य मेघनाथ आचार्यले बताउनुभयो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण सुरु भएकोे छ कोठे पक्की भवन विगत चार वर्ष अघिदेखि अलपत्र बनेको हो । 

तत्कालीन प्रद्यानाध्यापक खेमराज लम्सालको पालामा निर्माण थालिए पनि बजेट अभाव देखाउँदै ठेकेदारले बीचैमा काम रोकेपछि भवन बेवारिसे बन्न पुगेको आचार्यले बताउनुभयो । चार वर्षअघिको पुरानो संरचना समेत अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । भवनको निर्माण सुरु गरिएको समयदेखिको आयव्ययको अभिलेख समेत विद्यालयमा राखिएको छैन । 

यसको रेकर्ड नभेटिएसम्म काम अगाडि बढाउन कठिन भएको विद्यालय प्रशासनको भनाइ छ । उता भवन निर्माण समितिले भने अनुमानित बजेट नभएपछि काम रोकिएको जनाएको छ । 

तत्कालीन अवस्थामा रु एक करोड १८ लाखको लागत स्टिमेट भए पनि रु २७ लाख मात्र आएकाले बजेट बिना काम सञ्चालन गर्न नसकिएको समितिको जिकिर छ । 

भवनका लागि विद्यालयले थप रु पाँच लाख खर्च गरेर ढलानको काम समेत गरेको थियो । जिल्लाका तीन वटै सांसदले भवनको पुनःनिर्माणमा सघाउने बताए पनि हालसम्म सहयोग प्राप्त नहुँदा स्थानीयवासी चिन्तित बनेका छन् । 

विद्यालयकै स्रोत साधनमा केही वर्षदेखि मानविकी र व्यवस्थापन सङ्कायमा स्नातक तहको अध्यापन पनि सञ्चालनमा ल्याइएको छ । त्यसैले, समयमै भवन निर्माण सम्पन्न नहुँदा सबै तहका विद्यार्थीलाई असहज बनाएको विद्यालयको भनाइ रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो