Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 14, 2016 चितवन - CTW, समाज

घाइते महिलाको मृत्यु, श्रीमानसहित दुई गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २९, चितवन । चितवनको खैरहनीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा दुई मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये मकवानपुर मनहरी–७ की ३० वर्षीय सागुनी पुलामीको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको खैरहनीमा पूर्वतर्फ जाँदै गरेको ना ३५ प १८५१ नम्बरको मोटरसाइकललाई ना ३२ प ६३३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

सो घटनामा १८५१ नम्बरको मोटरसाइकलको पछाडि बसेकी सागुनी पुलामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनका श्रीमान् ३८ वर्षीय दिलबहादुर पुलामी र अर्काे मोटरसाइकलका चालक चितवन खैरहनीका ५० वर्षीय भजना महतोको अहिले सोही कलेजमा उपचार भइरहेको छ । रासस