कात्तिक २९, परासी । नवलपरासी सदरमुकाम परासीमा बढदो धुँवा धुलो प्रदुषणले सदरमुकाम बासीहरु समस्यामा परेका छन् ।
मापदण्ड विपरित उद्योग कलक"/>

मापदण्ड विपरित उद्योग कलकारखाना, अव्यस्थित बाटोघाटो र बाटोमै निर्माणाग्री सामानले बजारमा व्यापक धुलो धुवाँको उधम मचेपछि स्थानिय समस्यामा परेका गुनासो गरेका छन् ।
कम क्षमतावान रहेको परासी बजारका सडकहरुमा ठुला ठुला सवारी साधान जथाभावी गुडेपछि पुरै बजारभरि धुलो धुलो हुने गरेको छ जसकारण नगरबासी एवं साना सवरासी चालकहरुको आँखामा सोझै धुलो आउने, कपडा लत्ता सरससामानहरु विग्रिने र वातावरण प्रदुषित हुने गरेको स्थानयिले बताए ।
त्यस्तै सदरमुकाममा मापदण्ड विपरित रहेको विभिन्न उद्योग कलकारखाको धुँवा र बजारभरिको उडिरहेको धुलोले गर्दा जनताहरुलाई बाहिर हिलडुल गर्न समेत कठिनाई भैरहेको छ भने वातावरण प्रदुषणका कारण रोगका सिकार समेत भैरहेको बताए । स्थानियले भने एकातिर रामग्राम नगरलाई वातावरण मैत्री बनाउने अभियान अर्काे तर्फ वातावरण प्रदुषण बढदै गएछ जसतर्फ सम्बन्धित निकायको ध्यान पुगेछैन ।
जिल्लाको सदरमुकाम बसपार्क विहिन, आवश्यक शौचालय विहिन, अस्तव्यस्त पाकिङ्ग, भत्किएको टुटफुट बाटो अव्यस्थित ढलनिकास र प्रदुषित वातावरण भैसकेको छ भने जिल्लाको सबैभन्दा पुरा नगरपालिका रामग्रामले यसको चौतर्फि विकास र वातावरण मैत्री समेत बनाउनमा केहि पहल नगरेको स्थानियले आरोप लगाए ।