२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा प्रथम सार्वजनिक सुनुवाई सम्पन्न

२०७३, २९ कार्तिक सोमबार १०:०१

विमल धामी/कात्तिक २९, कञ्चनपुर । कञ्चनपुर जिल्लाको सबै भन्दा सानो नगरपालिका बेल्डाँडी नगरपालिकाको सोमवार प्रथम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

नियमानुसार बर्ष भरिमा कम्तिमा ३ वटा सार्वजनिक सुनुवाई गर्नु पर्ने हुन्छ । 

बेल्डाँडी नगरपालिकाले पनि गत वर्ष देखि चौमासिक सार्वजनिक सुनुवाईलाई लगातार नियन्त्रता दिदै आएको बेल्डाँडी नगरपालिकाले जनाएको छ । गत वर्ष देखि सपोर्ट फाउण्डेशनले जिल्लाका सबै जसो नगरपालिकामा सार्वजनिक सुनुवाईको लागि सहयोग गर्दै आएको सपोर्ट फाउण्डेशनका उत्तरदायि अधिकृत शंकर देव अवस्थीले जानकारी दिनु भयो । 

बेल्डाँडीमा पनि सपोर्ट फाउण्डेशनले बर्हिगमन अभिमत सर्वेक्षण र नागरिक प्रतिवेदन सर्वेक्षण प्रतिवेदन सार्वजनिक सुनुवाई गर्नु अघिनै तयार गरी सार्वजनिक सुनावाईको दिन नागरिकबाट आएका गुनासालाई सार्वजनिक गर्नुका साथै सरोकारवालाका लागि सुझाव दिईने गरेको छ ।

बेल्डाँडीको हकमा सार्वजनिक सुनुवाईमा पहिलेको भन्दा पछिल्लो समयमा सहभागि बढ्दै गएको कार्यालयले जनाको छ । स्थानियले कार्यक्रममा बोल्दै कार्यालयले सबै गर्नु पर्ने कुरा सहि तरिकाले सार्वजनिक गर्न नसकेको गुनासो गरेका थिए ।

उत्त कार्यक्रममा हाल सालै बेल्डाँडी नगरपालिकाले ज्यालामा नियुत्ति गरेका कम्पुटर अपरेटरको बिषमा बृहत गुनासो पनि आएका थिए । नेपाली काग्रेसका नगर प्रतिनिधि हर्क देव जोशीले कम्पुटर अपरेटरको बिषयमा मात्र बोल्नु भन्दा पनि अन्य कर्मचारी नियुत्तिको बिषमा पनि छलफल गर्नुपर्नेमा जोड दिएका थिए । 

राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष अभिमान थापाले कर्मचारी नियुत्तिको बिषयमा प्रकृया पुर्याउनु पर्नेमा जोड दिएका थिए । नेकपा–माओवादीका प्रतिनिधि सन्देश पाण्डेले नियुत्तिको प्रकृया सरासरी गलत भएको बताए । उनले भने नियुत्ति दिदा प्रकृया पुर्याएर नियुत्ति दिनु पर्नेमा जोड दिएका थिए ।

 यस बिषमा बेल्डाँडीका कार्यकारी अधिकृतले बेल्डाँडी नपा कार्यालयमा कामको चापाचाप भएकोले ज्यालामा कर्मचारी राखेको बताए । बेल्डाँडी नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भटट्को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह