कत्तिक २९, म्याग्दी । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कत्तिक २९, म्याग्दी । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कम"/>
2026-09-16 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्तला उत्पादनमा कमी आएपछि किसान निराश

कत्तिक २९, म्याग्दी । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ । 

बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास्कुनाका सुन्तला खेती गर्दै आएका कृषक भीम थापाले बताउनुभयो । 

बाइस घरधुरीको बसोबास रहेको बास्कुनामा गत वर्ष सुन्तला निकासीबाट रु २२ लाख भित्रिए पनि यो वर्ष एक तिहाइ कम सुन्तला उत्पादन भएको कृषक थापाको भनाइ छ । बास्कुना सुन्तला उत्पादक कृषक समूहका अध्यक्षसमेत रहेका थापाले अघिल्ला वर्षहरुको तुलनामा सुन्तला उत्पादन घटेपछि कृषक निराश बनेको थापाले बताउनुभयो । 

‘‘गत वर्ष आठ ट्रक सुन्तला निर्यात गरेका थियौँ, यो वर्ष मुस्किलले तीन ट्रक उत्पादन भएको अनुमान छ’’ – थापाले भन्नुभयो । 

बास्कुनासँगै भकिम्लीको मरेक र राखुमा समेत सुन्तला उत्पादनमा कमी आएको छ । भकिम्लीको राखुमा सडक सञ्जाल पुगेपछि सुन्तलाको मूल्य राम्रो पाए पनि उत्पादनमा भने कमी आएको सुन्तला खेती गर्दै आएका स्थानीय कृषक बेगबहादुर घर्तीले बताउनुभयो । 

राखुमा पोखराका व्यवसायीले सुन्तला खरिदका लागि कृषकलाई पेस्की दिएर बोटबाटै खरिद गर्ने सुरु गरेका छन् । कुल ५५६ हेक्टर जमिनमा सुन्तलाखेती भएको म्याग्दीको बेनी नगरपालिका, भकिम्ली, पिप्ले, बिम, बरंजा, ताकम, देवीस्थान, ओखरबोट, दाना, हिस्तान, भुरुङ तातोपानी, पात्लेखेत र घार गाविसमा करिब २०० व्यावसायिक सुन्तला बगैँचा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल