कात्तिक २९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडस"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडिङ अन्त्य गर्छु भन्दै हिँड्ने काम राम्रो होईन: घिसिङ

२९ कार्तिक २०७३, सोमबार ११:५६


कात्तिक २९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा कार्यकारी प्रमुख घिसिङ्ले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङमुक्त बनाउने काम भैरहेको र विस्तारै काठमाडौंबाहिर पनि सकेसम्म थोरै भन्दा थोरै गर्ने योजनाका साथ अहिले काम भैरहेको बताएका हुन् । उनले भने,‘लोडसेडिङ अन्त्य गर्छु भन्दै  हिँड्ने काम राम्रो होईन, व्यवस्थापन महत्वपूर्ण कुरा हो ।’ उनले व्यवस्थापनमा बढि ध्यान दिँदा अहिले तिहार यता काठमाडौंमा लोडसेडिङ् नभएको जिकिर गरे ।

कार्यकारी प्रमुख घिसिङले लोडसेडिङ कम गर्नेवारेमा आफूले एक्लैले काम गरेको जसरी बाहिर चर्चा भएकोप्रति टिप्पणी गर्दै भने,‘कुलमानले एक्लैले यो काम गर्यो भनेर चर्चा गर्नु न्यायसंगत हुँदैन, यो सत्य होईन ।’ उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको चाहना र उर्जामन्त्री जनार्दन शर्माले जारी गरेको ३७ बुँदे कार्यक्रमलाई स्पेशल फोकस गरेर काम भैरहेको स्पष्ट पारे ।

उनले लोडसेडिङ कम हुनुमा व्यवस्थापकीय कार्य नै महत्वपूर्ण भएको भन्दै आगामी हिउँदमा लोडसेडिङ सकेसम्म कम गर्नको लागि अहिलेदेखि नै काम भैरहेको पनि जानकारी दिए । उनले थपे,‘लाईन सवस्टेशन, ट्रान्समिसनलाई अपग्रेड गर्ने काम भैरहेको छ, आपूर्तिमा पनि हामीले ध्यान दिएका छौं ।’ यो दुई महिना लोडसेडिङमुक्त कसरी गर्ने भन्ने योजनामा आफूहरु रहेको उल्लेख गर्दै घिसिङले थपे,‘यो दुई महिना हामी सफल भयौं भने वर्षैभरि लोडसेडिङमुक्त गर्न सक्छौं ।’

प्राविधिक समस्याका कारण कुनै क्षेत्रमा केहीबेर बिजुली आपुर्ति हुन नसके पनि तत्काल समस्या समाधान गरिएको उनले दाबी गरे । उपत्यकामा कुनै फिडरमा माग बढी तर आपूर्ति कम, कुनैमा माग कम तर आपूर्ति बढी रहेकाले त्यसको व्यवस्थापन गर्ने काम पनि प्राधिकरणले जारी राखेको उनको भनाई थियो ।

उनले अहिले प्राधिकरणमा कुनै समस्या नभएको समेत जिकिर गरे । घिसिङले थपे,‘झगडा भयो भनेर प्रचार गरिएको छ, अहिले स्मूथली काम भैरहेको छ ।’ उनले उर्जामन्त्रीको कार्यक्रमलाई सफल बनाउनको लागि १० हजार कर्मचारीले काम गरिरहेको बताउँदै यो राष्ट्रिय अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी