मोहम्मद ईजहार शेष/कात्तिक २९,  परासी । नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर २ थाडिघाटमा सञ्चालन गरिएको थाडिघाट धाम मेला आज सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/कात्तिक २९,  परासी । नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर २ थाडिघाटमा सञ्चालन गरिएको थाडिघाट धाम मेला आज सम्पन्न भएको छ । 

2026-09-19 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भएको अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधिमा बराबरी


मोहम्मद ईजहार शेष/कात्तिक २९,  परासी । नवलपरासीको पक्लीहंवा गाविस वडा नम्बर २ थाडिघाटमा सञ्चालन गरिएको थाडिघाट धाम मेला आज सम्पन्न भएको छ । 

मेलाको बिशेष आकर्षकको रुपमा रहेको अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधिमा गोरखपुरका अनिल सहानी र महाराजगंजका शैलेश पहलवान बराबरीमा सावीत भएका छन् । यस्तै द्धित्तियमा शैलेश पहलवान र त्रितिय स्थानमा महराजगंजका गोदा पहलवान हुन सफल भएका छन् । 

कुस्ती प्रतियोगितामा ३२ जोडा पहलवानहरु प्रतिस्पर्धा गरेका थिए भने प्रथम हुने २ पहलवानलाई एकमुष्ठ रु ११ हजार , द्धितिय हनुे पहलवान शैलेशलाई रु ७ हजार , एकथान टिभि र शिल्ड , तिृतिय हुने पहलवान गोदालाई रु ५ हजार सहित साईकल र शिल्डले पुरस्कृत गरिएको छ । यस्तै गतवर्ष सञ्चालन गरिएको कुस्ती प्रतियोगिताको उपाधिका बिहारका पहलवानले हात पारेका थिए ।

नेपाली कांग्रेसका नेता एवं क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारको प्रमुख आतिथ्य तथा पक्लीहंवा गाविसका सचिव गणेश बिकको अध्यक्षतामा भएको एक कार्यक्रमवाट मेला र कुस्तीको उद्घाटन गरिएको थियो । सो अवसरमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार आले , नेपाली कांग्रेसका जिल्ला सदस्य प्रभुनाथ यादव, निवर्तमान गाविस अध्यक्ष कृष्णनन्द चौधरी, मेलाका सहसंयोजक ओम प्रकाश तिवारी, सचिव कृष्ण बहादुर थापा लायतले आउने दिनमा थाडिघाट धाम मेलालाई अझै भब्य र ब्यवस्थित बनाउनु पर्नेमा जोड दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्जीत शर्माले गर्नु भएको मेला प्रचार प्रसार समितिका संयोजक श्याम थापाले जानकारी दिनुभयो ।   

एतिहासिक एवं पर्यटकिय क्षेत्र त्रिवेणि नदिको किनारमा सयौं वर्ष अघिदेखि कात्र्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा करिब ६० हजारभन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समितिले दावी गरेको छ । 

 पवित्र त्रिवेण नदि संगै अवस्थित थाडिघाटको त्रिबेणि नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा पाठ गर्नाले मनोकामना पुरा हुने जनबिश्वास रहेको स्थानीयहरु बताउछन् । मेलामा नवलपरासी, रुपन्देही, भारतको युपी, बिहार लगायतका ठाँउहरुवाट मानिसहरु मेला अवलोकनका लागि आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो