सम्राट सिंह/कात्तिक ३०, बझाङ । जिल्लाको सबैभन्दा दुर्गम गाविस काँडालाई छुट्टै गाउँपालिकामा समावेस नगरे काँडाबासिहरुले नेपाली नागरिकता फिर्ता दिने देखि सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।
जिल्लाका राजनितिक दल र स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिले काँडा गाविसलाई छुट्टै गाउँपालिका बनाउने आश्वासन दिएको भएपनि निर्वाचन आयोगले काँडालाई छुट्टै गाउँपालिकामा समाबेस नगरेकोले काँडाबासीहरु आन्दोलनमा उत्रेका हुन ।
काँडा अति विकट र दुर्गम गाविस भएकाले भुगोलका आधारमा काँडालाई छुट्टै गाउँपालिकामा समावेस गनुपर्ने मा राख्दै सोमबार काँडा गाविसका पार्टी प्रतिनिधि र सर्बसाधारणहरुले स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिलाई ज्ञापन पत्र बुझाएका छन ।
काँडा गाविसबाट सदरमुकाम चैनपुर पुग्न ४ दिन पैदल हिड्नुपर्छ काँडाका समिप कुमार बोहराले भने राज्यले काँडाका बासिन्दाहरुलाई सौतेनी व्यवहार गरेको छ राज्यले काँडालाई छुट्टै गाउँपालिका नबनाए कडा आन्दोलन उत्रने छौ ।
छुट्टै गाउँपालिकाको माग राख्दै काडाँबासीले स्थानिय निकाय पुनः संरचना प्राविधिक समिति लाई ज्ञापन पत्र बुझाउने,जिविसमा तालाबन्दी गर्ने,बिरोध जुलुस सहित लोकतान्त्रिक चोकमा कोण सभा गर्ने, सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने, काँडा गाविस भरीका सम्पूर्ण नेपालि नागरिकता फिर्ता बुझाउने, गाउँ परिषद बहिष्कार गर्ने, स्थानिय निर्वाचनमा भाग नलिने, सम्पुर्ण काँडाका बासिन्दाहरु कुनैपनि राजनितिक दलसँग आबद्घ नरहने गरी सदस्यता परित्याग गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।
काँडा गाविसहरुको मागका लागि समितिको बैठक बसी आयोगसँग छलफल भइरहेको स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिले जनाएको छ ।