साविकको विसालपुर गाविसका वडा नं. ४ र ६ लाई साविकको सिवनाथ गाविससंग जोडेर वडा प्रस्ताव गरेपछि स्थानीयलाई "/>
साविकको विसालपुर गाविसका वडा नं. ४ र ६ लाई साविकको सिवनाथ गाविससंग जोडेर वडा प्रस्ताव गरेपछि स्थानीयलाई "/>
नरी बडु, कात्र्तिक ३० बैतडी ।
सरकारले घोषण गरेको नयाँ पुनसंरचना अनुसार बैतडीको विसालपुरका स्थानीयलाई वडा पालिका जानै मुस्किल हुने भएको छ ।
साविकको विसालपुर गाविसका वडा नं. ४ र ६ लाई साविकको सिवनाथ गाविससंग जोडेर वडा प्रस्ताव गरेपछि स्थानीयलाई वडापालिकामै पुग्न चार घण्टा हिड्नुपर्ने भएको छ ।
वडापालिका जाननै चार घण्टा लाग्ने भएपछी स्थानीयले नयाँ पुनसंरचनामा साविकको गाविस विसालपुरमा दुई वडा कायम हुनुपर्ने माग गरेका छन् ।
उक्त गाविसको जनसंख्या चार हजार एक सय ६४ रहेको र उक्त जनसंख्याले गाविस भित्रै पनि दुई वडा बनाउन सकिने भएपनि स्थानीय पुनसंरचना समितीले स्थानीयको समस्यालाई मध्यनजर नगरी मनोमानि ढंगले वडा संरचना प्रस्ताव गरेको स्थानीयले आरोप लगाएका छन् ।
स्थानीय गौरी भट्टका अनुसार साविकको गाविस विसालपुरका वडा नं. ४ र ६ लाई वडा कार्यालयमै जान मुस्किल हुने भएपनि यस्तो माग गरीएको हो ।