Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-07-07 05:42 PM
पर्यटन

‘हेटौंडा गट ट्यालेण्ट’ अन्तर्गत गायन तर्फको उत्कृष्ट १५ जना छनौट

कात्तिक ३० –मकवानपुर,
राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा हुन लागेको ‘हेटौंडा गट ट्यालेण्ट’ अन्तर्गत गायन तर्फको उत्कृष्ट १५ जना छनौट भएका छन् । ३० जनाबाट १५ जना छनौट गरिएको हो । छनौटमा पर्नेहरुमा कुमार सिन्तान, सुरज भट्टराई, दिपेश श्रेष्ठ, अश्विनकुमार थिङ, असिम सुवेदी, मनमाया वाईबा, पद्मीडोल्मा थिङ, सुजल पौडेल, चन्द्रप्रकाश वाईबा, राजेश ढुङ्गाना, सुविन गोले तामाङ चयन भएका छन् । यस्तै आकाश लामा, राजकुमार विश्वकर्मा, सुसान्त शाह ठकुरी र स्वस्तिका ढकाल चयन भएको गट ट्यालेण्ट संयोजक विशाल घोषले जानकारी दिए । गायिका सुनिता शर्मा लुईंटेल र संगीतकार ईश्वर खड्काले सहभागीको गायनको आधारमा १५ जना छनौट गरेका हुन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा यही मङ्सिर २ गतेदेखि १३ गतेसम्म आयोजना हुन लागेको महोत्सवमा प्रतिभा प्रष्फुटनको उद्देश्यका साथ ‘हेटौंडा गट ट्यालेण्ट’ हुँदैछ । २ गते १५ जनाबाट १० जनाको छनौट गरिने र उनीहरुलाई स्टेजमा उतारिने संयोजक घोषले बताए । १० जनाबाट निर्णायकको निर्णय, फेसबुक लाइक र टिकट भोटिङको आधारमा छनौट गर्दै जाने बताइएको छ । नृत्य विधा अन्तर्गतको छनौट भोली बुधबार हुनेछ । गायन र नृत्य दुवै बिधाको उत्कृष्ट एक÷एक जना मध्ये पनि सर्वोत्कृष्ट हुन सफल एकजनालाई हेटौंडा गट ट्यालेण्टको उपाधी दिइने घोषले जानकारी दिए । गट ट्यालेण्टले नगद ३० हजारसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गर्नेछ भने इक्ल्याट एजुकेसन लिंक्सले आइएल्ट्स कोर्षमा ५० प्रतिशत छुट दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड