प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । कोशी पहाडी जिल्लाकै पहिलो तीनजुरे टाइम्स दैनिकले तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सन्चालन गरेको आधारभूत पत्रकारिता सम्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । कोशी पहाडी जिल्लाकै पहिलो तीनजुरे टाइम्स दैनिकले तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सन्चालन गरेको आधारभूत पत्रकारिता सम्ब"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आधारभूत पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

३० कार्तिक २०७३, मंगलवार १४:२८


प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । कोशी पहाडी जिल्लाकै पहिलो तीनजुरे टाइम्स दैनिकले तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा सन्चालन गरेको आधारभूत पत्रकारिता सम्बन्धी ७ दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

समापन कार्यक्रममा सहभागीलाई पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले पत्रकारिता संवेदनशील पेशा भएको धारणा राख्नुभयो । उहाँले पत्रकारहरुले पशागत दायित्व पुरा गर्दा सामाजिक परिवेश र सिंगो मुलुकलाई आँच पु¥याउने गरी नलेख्न सुझाव दिनुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीले पत्रकारिता समाजकै सबैभन्दा सम्मानित पेशा भएको भन्दै प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुरालाई व्यवहारिक प्रयोग गर्दै जिल्लाको चौतर्फी विकासमा सहयोग पु¥याउन आग्रह गर्नुभयो । कार्यक्रममा पुर्वसांसद तेजमान तुम्बाहाम्फेले नेपालमा संसारकै सर्वोत्कृष्ट संविधान जारी भइसकेको भन्दै त्यसको कार्यान्वयनमा पत्रकारहरुले विशेष निर्वाह गर्नुपर्ने बताउनुभयो ।

पत्रिकाका अध्यक्ष उद्धव तिम्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति अर्जुन तुम्बाहाम्फे, एमाले जिल्ला सदस्य अर्जुन ढुंगाना, राप्रपा नेपालका केशव ढुंगाना, गैरसरकारी संस्था महासंघका जिल्ला सचिव सन्तोष तिगेला, तालिमका प्रशिक्षक ज्ञानेन्द्र निरौलाले मन्तव्य राख्नुभएको थियो । तालिममा तेह्रथुम र पाँचथरका १८ जना सहभागी थिए ।

तालिम घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र जिल्ला बन कार्यालयको सहयोगमा तीनजुरे टाइम्स दैनिकले आयोजना गरेको थियो । समापन कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र सन्चारकर्मी सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो