जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।
"/>
जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।
"/>
प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया ।
जिल्ला सदरमुकाम गुलरियामा सृजनशील प्राविधिक शिक्षालय नेपाल (प्रा) लि. शंकरवस्तीको सम्पर्क कार्यालयको आइतबार विधिवत रुपमा स्थापना गरिएको छ ।
कार्यालयको समुद्घाटन समारोहमा बोल्नुहुँदै संस्थाका अध्यक्ष हेमराज ज्ञवालीले सबै प्रक्रिया अगाडि बढिसकेकाले सामुदायिक रुपमा संचालन हुने शिक्षालयमा मेडिकल, चिकित्सा, फार्मेसी, कृषि तथा बहुप्राविधिक विषयको अध्ययनअध्यापन गराउनुका साथै सुविधा सम्पन्न अस्पताल समेत संचालन गरिने जानकारी दिनुभयो । शिक्षालय स्थापना हुने क्षेत्रमा आधुनिक रुपमा बस्ती ब्यबस्थापनदेखि लिएर विभिन्न भौतिक पुर्वाधार निर्माण समेत गरिने योजना रहेको संस्थाका प्रदिपकुमार शाहले बताउनुभयो । शिक्षालय स्थापनाका लागि जमिन खरिददेखि लिएर विविन्न भौतिक पूर्वाधार निर्माणका लागि पहिलो चरणमा चौबीस करोड पूँजी परिचालन गरिने सृजनशील प्राविधिक शिक्षालय प्रालिले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व सासद गाेविन्दराज ज्ञवाली रहुनभएको थियो भने कार्यक्रमकाे अध्यक्षता कम्पनीका अध्यक्ष श्री हिमलाल ज्ञवालीले गर्नु भएकाे थियाे । तेजेन्द्र प्रसाद सिग्देलले स्गवागत गर्नु भएकाे कार्यक्रमको सहजीकरण कम्पनीका सचिव श्री दयाराम खड्काले गर्नु भएकाे थियाे ।