मङ्सिर  १, सङ्खुवासभा । सङ्खुवासभा जिल्लास्थित मकालु हिमाल आरोहणको ६० औँ वर्ष प्रवेशको अवसरमा सङ्खुवासभाको चिचिलामा आयोजना हुन लागेको मकालु हीरक महोत्सवको तयारी अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर  १, सङ्खुवासभा । सङ्खुवासभा जिल्लास्थित मकालु हिमाल आरोहणको ६० औँ वर्ष प्रवेशको अवसरमा सङ्खुवासभाको चिचिलामा आयोजना हुन लागेको मकालु हीरक महोत्सवको तयारी अन"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा

१ मंसिर २०७३, बुधबार ०३:१८

मङ्सिर  १, सङ्खुवासभा । सङ्खुवासभा जिल्लास्थित मकालु हिमाल आरोहणको ६० औँ वर्ष प्रवेशको अवसरमा सङ्खुवासभाको चिचिलामा आयोजना हुन लागेको मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । 

आगामी मङ्सिर ६ र ७ गते आयोजना हुन लागेको हीरक महोत्सवले सङ्खुवासभाको मात्र नभएर देशकै पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हीरक महोत्सव आयोजक मूल समारोह समितिका संयोजक मिङ्मा शेर्पाले बताउनुभएको छ । 

संयोजक शेर्पाले पर्यटन क्षेत्रको विकास र आकर्षण बढाउन मकालु हीरक महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । पर्यटकको सहजताका लागि मकालु हीरक महोत्सव चिचिलामा आयोजना गर्न लागिएको विश्वकै १४ वटा हिमाल आरोहण गर्न सफल आरोही मिङ्मा शेर्पाको भनाइ छ । 

विश्वका आठ हजार मिटरभन्दा बढी उचाईमा रहेका हिमालको सफल आरोहण गरेर गिनिज बुक अफ बल्र्ड रेकर्ड्समा नाम राख्न सफल शेर्पाले महोत्सवबाट आएको पैसाले सङ्खुवासभाको चिचिलामा मकालु हीरक पार्क समेत निर्माण गरिने योजना रहेको बताउनुभयो । 

संयोजक शेर्पाले हीरक महोत्सवको तैयारी गर्ने समय अलिक कम भएकाले हतारहतारमा कार्यक्रम गरिएको हुँदा यसलाई सफल पार्न जिल्लावासी सबैसमक्ष सहयोगको अपिल समेत गर्नुभएको छ । 

महोत्सव आयोजनाका लागि रु ८० लाख रकम आवश्यक भएपनि हालसम्म रु २० लाख मात्र रकम सङ्कलन भएको शेर्पाले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता