Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 16, 2016 चितवन - CTW, समाज

चारदिने सुत्केरीको सडकपेटीबाट उद्धार

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नारायण ढुंगाना/मङ्सिर १, चितवन । चितवनको नारायणगढस्थित सडकपेटीबाट शिशुसहित चारदिने सुत्केरीको उद्धार गरिएको छ ।

प्रतिक्षालयमा कष्टकर जीवन बिताउँदै आएकी रोल्पा जिल्ला घर बताउने अस्मिता मगर नामकी सुत्केरीको उद्धार गरिएको हो । चितवनको नारायणगढ क्षेत्रमा प्रहरी र मानवसेवा आश्रमको संयुक्त सडक सेवाका क्रममा राति उद्धार गरिएकी सुत्केरीको मानवसेवा आश्रम चितवनमा आवश्यक उपचार गरेर राखिएको अभिभावक प्रेमप्रभा अधिकारीले मङ्गलबार जानकारी दिनुभयो ।

“यात्रु प्रतिक्षालयमा ओढ्ने कपडा पनि नभएको, झुल ओढेर सुतिरहेको अवस्थामा भेटियो, आश्रमका अभियन्ता रञ्जु लामिछानेले भन्नुभयो, “कष्टकर देखेपछि उद्धार गरेर ल्याएका हौँ ।” अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको आश्रमले जनाएको छ ।

परिवारको लाचारीपनले निर्दाेष शिशुको लामखुट्टेले टोकिरहेको साहै्र दयनीय अवस्थामा भेटियो, उद्धारकर्ता मानवसेवा आश्रमका अभिभावक केशव अधिकारीले भन्नुभयो ।

चार दिनकी सुत्केरी अस्मिताले आफूलाई श्रीमान्ले अर्काे बिहे गरेपछि छाडेको बताउनुभयो । उहाँका अनुसार कवाड खोजेर दैनिक जोहो गर्दै आउनुभएको थियो । चारदिनअघि भरतपुर अस्पतालमा सुत्केरी भएर डिस्चार्ज भएपछि सडकपेटीमा आएर बस्न थालेको उहाँको भनाइ छ ।

उद्धार कार्यमा संलग्न अभियन्ता राजगोपाल श्रेष्ठले चिसो मौसममा सडकपेटीमा कष्टकर अवस्थामा झुलमा बेरिएर सुतिरहेको देखेपछि उद्धार गरिएको बताउनुभयो । सुरुमा आउन नमानेको तर अलि राम्रो भएपछि फेरि ल्याइदिउँला भनेर उद्धार गरिएको श्रेष्ठले बताउनुभयो ।

चितवनमा प्रहरी र आश्रमले सुरु गरेको रात्रि सडक सेवाअन्तर्गत केही दिन अघि मात्रै एक गर्भवतीको पनि सडकपेटीबाटै उद्धार गरिएको थियो । यसरी उद्धार गरिएका चारजना गर्भवतीले आश्रममै बच्चा जन्माइसकेका छन् ।

भरतपुरमा रहेको आश्रमले सडकमा आश्रित हुन बाध्य भएका असहाय तथा मानसिक रोगीको उद्धार पनि उपचार गरेर स्वस्थ बनाई परिवारमा मिलन गराउँदै आएको छ । रासस