मंसिर १ ओखलढुंगा । मतदाता अधिकारलाई सुरक्षित गर्ने गरि ओखलढुंगामा जिल्ला मतदाता अधिकार मञ्च नेपाल गठन भएको छ । मंगलबार सदरमुकाममा राष्ट्रिय मतदाता अधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १ ओखलढुंगा । मतदाता अधिकारलाई सुरक्षित गर्ने गरि ओखलढुंगामा जिल्ला मतदाता अधिकार मञ्च नेपाल गठन भएको छ । मंगलबार सदरमुकाममा राष्ट्रिय मतदाता अधिक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा मतदाता अधिकार मञ्च गठन

१ मंसिर २०७३, बुधबार ०४:१३


मंसिर १ ओखलढुंगा । मतदाता अधिकारलाई सुरक्षित गर्ने गरि ओखलढुंगामा जिल्ला मतदाता अधिकार मञ्च नेपाल गठन भएको छ । मंगलबार सदरमुकाममा राष्ट्रिय मतदाता अधिकार मञ्चका केन्द्रीय अध्यक्ष भक्त विकको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच ओखलढुंगामा १५ सदस्यीय मञ्च गठन गरिएको हो । 

विभिन्न क्षेत्र,व्यक्ती र संघसंस्थाको प्रतिनिधित्व हुने गरि अधिवक्ता टुकराज निरौलाको अध्यक्षतामा ओखलढुंगा मञ्च गठन भएको छ । मञ्चको उपाध्यक्षमा टिकाकुमारी भुजेल, सचिवमा सञ्जय खत्री र कोषाध्यक्षमा दिर्गबहादुर खत्री चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा पूर्णप्रसाद न्यौपाने,लिला सुनुवार,रेणु पराजुली,पुर्ण श्रेष्ठ,छविलाल मगराती,मित्रराई,झनक कार्की,मदन राई,विमला दाहाल,कविता तिमलसिना र पदम कार्की चयन हुनुभएको छ । त्यस्तै मानबहादुर बस्नेतको संयोजकत्वमा बलबहादुर परियार,एकराज खतिवडा र सिता विक सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरिएको छ । मञ्च गठन कार्यक्रममा बोल्दै मञ्चका राष्ट्रिय अध्यक्ष भक्त विश्वकर्माले लोकतन्त्रको सुन्दरता भनेको निर्वाचन भएको भन्दै निर्वाचनमा मतादातालाई सुसुचित गराउने उदेश्यले मञ्चको जन्म भएको बताउनुभयो । उहाँले नेपालमा सामाजिक रुपमा पछाडि पारिएका बर्गहरुको सहभागिता ग्यारेन्टी गराउन सहयोग पु¥याउन मञ्चले सहजीकरण गर्ने बताउनुभयो ।

ओखलढुंगाका निर्वाचन अधिकारी अर्जुन राईले निर्वाचनले विधिको शासन स्थापना गर्ने भन्दै जनतालाई सुसचित गर्ने संस्था आफुहरुको सारथी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो मञ्चले निर्वाचन सफलपार्नमा सहयोग गर्ने भन्दै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित गैरसरकारी संस्था महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, जागरण मिडिया सेन्टर, सञ्चारीका समूह, क्रियाशिल महिला पत्रकार, दलित महिला संघ, एकल महिला समूह, निलहिरा समाज, तराई विकास मञ्च, बुद्ध जागरण सामाजिक सेवा, सृजनशिल समाज नेपाल लगायतका विभिन्न २१ वटा संस्था मञ्चमा आबद्ध छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य