मङ्सिर १, काठमाडौँ | नेपालीसँग भएको पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्नेमा अर्थविदहरुले जोड दिएका छन् । २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, काठमाडौँ | नेपालीसँग भएको पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्नेमा अर्थविदहरुले जोड दिएका छन् । २"/>
५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भारतले नैतिकताका आधारमा नेपालीसँग रहेको भारु साट्नुपर्छ’

१ मंसिर २०७३, बुधबार १०:३९

मङ्सिर १, काठमाडौँ | नेपालीसँग भएको पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्नेमा अर्थविदहरुले जोड दिएका छन् । २५ हजार रुपैयाँ भारु राख्न पाउने व्यवस्था भएकाले उक्त परिमाणको रकम साट्न सरकारले भारतसँग विशेष छलफल गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

मिडिया इन्टरनेसनलले बुधबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भारतले भारु ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाललाई पनि त्यसको प्रत्यक्ष असर परेको भन्दै त्यसको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए । सरकारले अहिले गरिरहेको प्रयास पर्याप्त नभएको उनको भनाई थियो । ‘अहिले पनि प्रधानमन्त्री र राष्ट्र बैंकका गभर्नरले भारतीय पक्षसँग कुराकानी गरिरहनुभएको छ भन्ने कुरा आएको छ त्यो पर्याप्त देखिदैन ।’ उनले भने, ‘सरकारले यसबारे अझै प्रभावकारी कदम चाल्न आवश्यक छ ।’ भारतीय कदमबाट नेपालीहरुले विदेशी मुद्रा धेरै सञ्चय गरेर राख्न नहुने पाठ सिक्नुपर्ने उनले बताए । 

कार्यक्रममा बोल्दै पुर्व गभर्नर एवम् अर्थविद् डा. तिलक रावलले भारतले त्यहाँको ठूलो पुराना नोट ‘अवमूल्यन’ गरेयता आफ्नै जनताको समस्या समाधान गर्न नसकिरहेका बेला नेपाल सरकारले पत्र पठाउनेवित्तकै सम्बोधन गर्छ भनेर अपेक्षा गर्न नसकिने बताए । यद्यपी सरकारले पहल जारी राख्नुपर्नेमा उनको जोड थियो । ‘राष्ट्र बैंकले वा सरकारले पत्र लेख्नेवित्तिकै तुरुन्तै भारतले पैसा साटिदिन्छ भन्ने कुरा होइन’, रावलले भने, ‘त्यसैले पैसा साटिएन भनेर तुरुन्तै आत्तिहाल्नुपर्ने अवस्था पनि छैन ।’ भारत सरकारकै आग्रह अनुसार राष्ट्र बैंकले नेपालमा ५ सय र १ हजारको भारु नोट चलनचल्तीमा ल्याएको स्मरण गर्दै पूर्व गभर्नर रावलले भने, ‘भारतले पनि नैतिक रुपमा नेपालीसँग भएको रकम साट्नुपर्छ ।’ नेपालीहरुले पनि अब आफ्नै देशको मुद्रा पनि गोजिमा वा सिरानी मुनी नराखी बैंक तथा वित्तीय संस्थामा राख्न पाठ सिक्नुपर्ने उनको भनाई थियो । 

अर्थविद् डा. डिल्लीराज खनालले भारु नोटका विषयमा भारतले हालै चालेको कदम नौलो नभएपनि नेपालमा त्यसको प्रभाव गहिरो रुपले परेको औँल्याए । २५ हजारसम्म भारु नोट राख्न पाउने गरी सरकारले नै व्यवस्था गरेकाले उक्त परिमाणमा रकम साट्ने व्यवस्था मिलाईदिने दायित्व सरकारको भएको खनालको भनाई थियो । उनले भने, ‘अब सरकारले कसरी हुन्छ, नेपालीसँग भएको रकम साट्नको लागि भारतलाई सहमत गराउनुपर्छ ।’ भारत सरकारलाई आफ्नै जनतासँग भएको भारु साट्न समेत अप्ठेरो परिरहेका बेला नेपालीसँग भएको भारु त्यति सजिलै नसाट्ने भन्दै खनालले भने, ‘नेपाली पक्षले अलि गम्भीरतापूर्वक कुरा राख्नुपर्छ ।’

कार्यक्रममा अर्थविद् डा. हरि रोकाले कुनै पनि राष्ट्रमा परिस्थितिअनुसार ‘मनि डिमोर्टिलाईज’ गर्नु अस्वभाविक नभएपनि पछिल्लो भारतीय कदम पूर्ण रुपमा मौद्रिक व्यवस्थापनसँग सम्बन्धित नभएको टिप्पणी गरे । उत्तर प्रदेशसहित दुई ठूला प्रदेशमा हुन लागेको निर्वाचनमा विपक्षीबाट हुन सक्ने पैसाको चलखेल रोक्न र आफ्नो प्रभुत्व कायम राख्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्मार्ट पोलिटिकल मुभ’ (चलाखीपूर्ण राजनीतिक कदम) भएको उनको भनाई थियो । भारतीय कदमबाट नेपाललाई परेको प्रभाव न्युनिकरण गर्न सरकारले नै तिब्र र प्रभावकारी पहल गर्नुपर्ने उनले बताए । ‘भारतकै हितअनुकुल प्रतिबन्धित ५ सय र १ हजारका नोट नेपालमा चलाउन थालिएको थियो ।’ अर्थविद रोकाले भने, ‘पच्चीस हजार भारुसम्म सटही सुविधाका लागि सरकारले तत्काल भारतीय पक्षसँग गम्भीर छलफल गर्नुपर्छ ।’ 

कालोधन, आतंकवाद र नक्कली नोटलाई निरुत्साहित गर्न भन्दै गतसाता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार भारु नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । भारतले उक्त दरका नोटमा प्रतिबन्ध लगाएको भोलिपल्टै अर्थात गत शुक्रबारै नेपालीसँग भएको भारु सटहीका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकले पत्र पठाएपनि भारतले त्यसको जवाफ दिएको छैन । पत्र बुझेको एकसाता पुग्दासमेत भारतबाट कुनै जवाफ नआएपछि आफुसँग भएको रकम नसाटिने आशंकामा सर्वसाधरणमा चिन्ता बढ्दै गएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिीबि नेपालले पनि भारतीय समकक्षी उर्जित पटेलसहित भारतीय राजदूत रणजीति रायलगायतका भारतीय अधिकारीसँग पटक–पटक छलफल तथा वार्ता गरिरहेका छन् । 

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीअन्तर्गत ३ करोड ३६ लाख ९० हजार भारु रहेको बताएपनि सीमा क्षेत्रका नेपालीसँग त्यो भन्दा पाँच गुणा बढी भारु रहेको ठानिएको छ । सुदुरपश्चिममा मात्रै पाँच अर्बभन्दा बढी भारु रहेको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा