मंसिर १, नवलपरासी । नवलपरासीमा जारी प्रथम देवचुली महोत्सवमा उर्लिदो जन सहभागीतासँगै महोत्सव विधामय बन्दै गएको छ । मंसिर ५ गतेसम्म कावासोती खेल मैदानमा चल्ने महोत्सवमा कृषि, पशुपालन, सहकारी र विद्यालयलाई मुख्य केन्द्रमा राखि हरेक दिन कार्यक्रमहरु संचालन गरिएको मेला व्यवस्थापन समितिका संयोजक केबी रानाले जानकारी दिए ।
रानाले महोत्सव रमाईलो भन्दा पनि, केहि पृथक र नयाँपन दिन हरेक दिन फरक फरक शैलीमा कार्यक्रमहरु संचालन गरिएको बताए । उनले भने, ‘देवचुली महोत्सव नवलपरासी जिल्लामा भएका महोत्सवको एउटा नमूना हो ।’
देवचुली टेलिभिजनको आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा महोत्सवको आयोजना गरिएको हो । मेलाको सातौं दिन १० हजार मानिसहरुले अबलोकन गरेका छन् । कृषि, उद्योग, व्यापार, मौलिक खाना, मौलिक घर, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, विभिन्न जातजातिको मौलिक नाँचहरु मुख्य आर्कषणको केन्द्रमा रहेका छन् ।
मेला ऐतिहासिक रहेको विभिन्न क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । संचार क्षेत्रले गरेको मेलाले जिल्लामा एक तवरको रौनकता थपेको कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुरीले देवचुली टेलिभिजनले सामाजिक सुधारको क्षेत्रमा पु¥याएको योगदानको प्रसंशा गरे । उनले भने, ‘टेलिभिजनको आठाँै बर्ष प्रबेशको शुभकामना छ, जनताले देवचुली टेलिभिजनलाई गरेको सम्मानलाई जोगाई राख्नुहोला ।’
हराएको बालन नाँच महोत्सवमा
हिन्दू धर्मालम्बीहरुको सांस्कृति नाँच बालन महोत्सवमा प्रर्दशन गरिएको छ । कला संस्कृतिकको संरक्षण, पर्यटनका आधार, सम्बृद्ध राष्ट्र निर्माणको लागि कृषि तथा उद्योग व्यापार भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा दैनिक रुपमा विभिन्न समूहका झाँकी तथा नाँचहरु देखाउँदै आइएको छ ।
पछिल्लो सयम हराउनै लागेको बालन नाच राधे राधे बालन समूह कावासोती –३ ले महोत्सवमा प्रर्दशन गरेको छ । यो नाँच पूरै देखाउन १२ घण्टा लाग्ने गर्दछ । सम्पूर्ण भगवनालाई विधिवत रुपमा स्वागत गरि देखाइने यो नाँच नमूनाको रुपमा १० मिनेट महोत्सव स्थलमा देखाइएको हो ।
बालन नाँचमा गणेश, पार्वती, शिव, बर्मा, बिष्णु, महेश्वर, हनुमान र नारदको रुप धारण गरि नाच्ने र गाउने गरिन्छ । नाँच देखाउन करिव ३५ जना कलाकार आवश्यक पर्ने राधे राधे बालन समूहका अध्यक्ष झविलाल बस्ताकोटीले बताए ।
उनले भने, ‘टेलिभिजनले हजारौ दर्शकहरु माँझ बालन नाँच यस्तो हो भनेर देखाउने मौका दियो, यस्ले अबका दिनमा यो नाँचको माग समेत बढ्ने छ ।’ यो नाँच पहिले निकै माग हुने गरे पनि अहिले भने हराउने अवस्थामा पुगेको छ । शुभ कार्य गर्दा यस्तो नाँच देखाउने गरिएको छ ।
१ दर्जन राष्ट्रिय कलाकारले महोत्सव संगीतमय
देवचुली महोत्सव सातौं दिन संगीतमय बनेको छ । मेला हेर्न आएका दर्शकहरुले भरपूर सांगीतिक मनोरञ्जन लिएका छन् । १ दर्जन राष्ट्रिय कलाकारको प्रस्तुतीले रौनकता थपेको थियो । मुख्य आकर्षणको रुपमा रहेका गायक शिव हमालले दर्शकलाई नचाएँ । सँगै गीत पनि गाउन लगाए ।
पछेउरी लेऊ बैना बोलको गीतमा हमालसँगै कावासोतीका बासिन्दाले कम्मर मर्काउँदै नाचे । लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य आधा दर्जनजति चर्चित गीत प्रस्तुत गरेका थिए । हमालले उपस्थित दर्शकलाई आफ्नो चर्चित गीतहरु गाएर नचाएका थिए । कावासोती खेल मैदान साझ पर्दा समेत सांगीतिक बन्यो ।
कावासोती मैदान उराल्ने गरी उनले पुराना तथा नयाँ गीत प्रस्तुत गरे । ‘म कावासोतीको मायाले आए, म तपाईहरुको मायालाई संगाल्ने छु’ उनले भने, ‘म तपाईहरुले देवचुली महोत्सव सफल पार्नुपर्छ ।’ उनले यसो भन्दा कावासोती खेलमैदान तालीको गडगडाहटले गुुन्जिएको थियो । पहिलोपटक आयोजना गरिएको महोत्सवमा दर्शकको मन जित्नेमा पर्छिन गायीका जमुना राना । बुधबार महोत्सवको आकर्षकको रुपमा उनी पनि थिइन् । उनका प्रस्तुती निकै रोचक थियो । लोक गायीका भनेर चिनिए पनि उनले कावासोतीबासीलाई लो पप गीतलु पुरै मनोरन्जन दिइन् । रानाले पनि आफ्ना चर्चित गीत गाएर हजारौं दर्शक नचाइन् । ‘चम्चा प्लेट’, ‘मेरो मायाल’ु, ‘हलचल’, ‘बिर्सनेको नाम लेखेर’ लगायतका गीत गाउँदा महोत्सवको माहोल नै फरक बनेको थियो ।
अन्य कलाकारको प्रस्तसी पनि बेडोडका थिए । गायिका उमादेवी खनाल र गायक प्रकाश सपुतले पनि कार्यक्रमको शुरुवातमा गीत गाउँदा उर्लिदो दर्शक देखिन्थ्यो । गायिका उमाले चाइनिज लुगा, बिछोडको चोट त्यसैगरी केहि तिजका गीतहरु पनि गाएकी थिइन् । साथै गायक प्रकाश सपुतका गीतमा पनि दर्शक उत्तिकै रुपमा नाचेका थिए ।
कार्यक्रमका हाँस्य कलाकार निर आलेले पनि महोत्सवको माहोल खुबै तताएका थिए । महोत्सवमा कमेडी खुराकहरुका साथमा कमेडी नृत्य गरेका निरको गेटअप र प्रस्तुती देख्दा दर्शकहरु पेटमिचिमिचि हाँसेको देखिन्थ्यो । मंसिर २५ देखि जारी देवचुली महोत्सवमा कलाकर्मीले कावासोती र आसपासमा बेग्लै छाप छोडिरहेका छन् ।
साथै कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा हाँस्य प्रस्तुती रहेको थियो । आयोजक देवचुली टेलिभिजनका कलाकारहरुले गरेको हाँस्य प्रस्तुतीमा पनि दर्शकहरु खुबै हाँसेका थिए । कलाकारहरु गोपिकृष्ण चापागाई, राशि रिजाल, नवराज अधिकारी, अर्जुन कण्डेलको कमेडी नृत्यसँगको प्रस्तुती रहेको थियो ।
आठौँ दिन कृषि बिशेष
देवचुली महोत्सवको आठौँ दिन कृषि बिशेष कार्यक्रम हुने भएको छ । विभिन्न विधामा संचालित महोत्सवमा विभिन्न उपसमिति मार्फत विभिन्न कार्यक्रम संचालन हुँदै आएको छ । बिहिबार कृषि विशेष कार्यक्रम गरिने भएको छ ।
कृषि क्षेत्रमा योगदान पु¥याएका १ दर्जन व्याक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्न लागिएको कृषि उप समिति संयोजक बुद्धिबहादुर देउजाले बताए । बिहान किसानहरुबीच अन्तरक्रिया गर्ने र बाजागाजासहित ¥याली निकाल्ने कार्यक्रम रहेको मूल समारोह समितिका संयोजक केबी रानाले जानकारी दिए ।