मङ्सिर २, चौतारा । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको तीनदिने मेला बुधबार बेलुकादेखि सम्पन्न भएको छ । 

पूर्णिमाका दिनदेखि सुरु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, चौतारा । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको तीनदिने मेला बुधबार बेलुकादेखि सम्पन्न भएको छ । 

पूर्णिमाका दिनदेखि सुरु भ"/>

2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौराती भीमेश्वरको मेला सम्पन्न

मङ्सिर २, चौतारा । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको तीनदिने मेला बुधबार बेलुकादेखि सम्पन्न भएको छ । 

पूर्णिमाका दिनदेखि सुरु भएको सो मेला चौतारा नगरपालिका–७ स्थित रथलाई पुरानो बजार परिक्रमा गराएपछि सिन्दूरे जात्रासहित बेलुकादेखि सम्पन्न भएको हो । साबिक पिपलडाँडा–८ हाल चौतारा नपा–२ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिर सदरमुकामबाट चार किमी उत्तर पश्चिममा रहेको छ । 

पूर्णिमाको बिहानैदेखि लाग्ने सो मेला विशेषगरी रातभरि लाग्ने गर्दछ । 

पूर्णिमाको साँझ चौताराको गुठीघरबाट भीमसेनको मूर्तिलाई बाजागाजासहित रथमा लगेर भीमेश्वरको मूर्तिसँग पुनर्मिलन गराइने प्रचलन रहिआएको छ । भोलिपल्ट फर्काइएको रथलाई बजारमा बास राखी द्वादशीका दिन सिन्दूरे जात्रासहित गुठीघरमा थन्क्याइने प्रचलन छ । 

भूकम्पले चौतारा बजारका करिब ९० प्रतिशत घर ध्वस्त भएकाले घरघरमा चदुँवा टाँगी रथ अड्याएर पूजा गर्ने काम यस वर्ष भने सीमित हुन पुगेको गुठीका नायो टेकबहादुर श्रेष्ठले बताउनुभयो । 

गत वर्षझैँ यस वर्ष पनि करिब ६० देखि ७० हजारको हाराहारीमा दर्शनार्थीको उपस्थिति रहेको स्थानीयवासी चन्द्रबहादुर तामाङले बताउनुभयो । मेला अवधिभर मदिरा बेचबिखन निषेध गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारिएकाले मेलामा कुनै अप्रिय घटना नभएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

विधिवत्रुपमा मेला सम्पन्न भएपनि प्रत्येक महिनाको पूर्णिमा र पञ्चमीमा विभिन्न गाउँबाट समूहगत रुपमा बाजागाजासहित पञ्चबलि लगिने प्रचलन रहेको र सो क्रम फागुन चैतसम्म रहने गरेको छ । पञ्चबलिमा राँगा, बोका, भेडा, हाँस र कुखुरासहित पाँचवटा पशुपन्छीको बलि चढाउने गरिएको स्थानीयवासीको कथन रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई