मङ्सिर २, चौतारा । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको तीनदिने मेला बुधबार बेलुकादेखि सम्पन्न भएको छ । 

पूर्णिमाका दिनदेखि सुरु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, चौतारा । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको तीनदिने मेला बुधबार बेलुकादेखि सम्पन्न भएको छ । 

पूर्णिमाका दिनदेखि सुरु भ"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौराती भीमेश्वरको मेला सम्पन्न

२ मंसिर २०७३, बिहीबार ०३:१८

मङ्सिर २, चौतारा । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको तीनदिने मेला बुधबार बेलुकादेखि सम्पन्न भएको छ । 

पूर्णिमाका दिनदेखि सुरु भएको सो मेला चौतारा नगरपालिका–७ स्थित रथलाई पुरानो बजार परिक्रमा गराएपछि सिन्दूरे जात्रासहित बेलुकादेखि सम्पन्न भएको हो । साबिक पिपलडाँडा–८ हाल चौतारा नपा–२ स्थित गौरातीडाँडामा अवस्थित भीमेश्वर मन्दिर सदरमुकामबाट चार किमी उत्तर पश्चिममा रहेको छ । 

पूर्णिमाको बिहानैदेखि लाग्ने सो मेला विशेषगरी रातभरि लाग्ने गर्दछ । 

पूर्णिमाको साँझ चौताराको गुठीघरबाट भीमसेनको मूर्तिलाई बाजागाजासहित रथमा लगेर भीमेश्वरको मूर्तिसँग पुनर्मिलन गराइने प्रचलन रहिआएको छ । भोलिपल्ट फर्काइएको रथलाई बजारमा बास राखी द्वादशीका दिन सिन्दूरे जात्रासहित गुठीघरमा थन्क्याइने प्रचलन छ । 

भूकम्पले चौतारा बजारका करिब ९० प्रतिशत घर ध्वस्त भएकाले घरघरमा चदुँवा टाँगी रथ अड्याएर पूजा गर्ने काम यस वर्ष भने सीमित हुन पुगेको गुठीका नायो टेकबहादुर श्रेष्ठले बताउनुभयो । 

गत वर्षझैँ यस वर्ष पनि करिब ६० देखि ७० हजारको हाराहारीमा दर्शनार्थीको उपस्थिति रहेको स्थानीयवासी चन्द्रबहादुर तामाङले बताउनुभयो । मेला अवधिभर मदिरा बेचबिखन निषेध गर्नुका साथै सुरक्षा व्यवस्था कडा पारिएकाले मेलामा कुनै अप्रिय घटना नभएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

विधिवत्रुपमा मेला सम्पन्न भएपनि प्रत्येक महिनाको पूर्णिमा र पञ्चमीमा विभिन्न गाउँबाट समूहगत रुपमा बाजागाजासहित पञ्चबलि लगिने प्रचलन रहेको र सो क्रम फागुन चैतसम्म रहने गरेको छ । पञ्चबलिमा राँगा, बोका, भेडा, हाँस र कुखुरासहित पाँचवटा पशुपन्छीको बलि चढाउने गरिएको स्थानीयवासीको कथन रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ