सास । मंसिर २, बर्दिया । 

‘मानिसको कुनै पनि अङ्ग किनबेच र ओसारपसार गर्नु गैर कानुनी हो । यदि कहि कतै कसैले यस्तो काम गरेमा यो अवैध मानिन्छ । त्यसैले मानिसको कुनै पनि अङ्गको कारोबार गरेमा कडा भन्दा कडा कानुनी सजाँयको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर २, बर्दिया । 

‘मानिसको कुनै पनि अङ्ग किनबेच र ओसारपसार गर्नु गैर कानुनी हो । यदि कहि कतै कसैले यस्तो काम गरेमा यो अवैध मानिन्छ । त्यसैले मानिसको कुनै पनि अङ्गको कारोबार गरेमा कडा भन्दा कडा कानुनी सजाँयको"/>

2026-09-18 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सर ! एउटा किड्नीलाई कति पर्छ ?

सास । मंसिर २, बर्दिया । 

‘मानिसको कुनै पनि अङ्ग किनबेच र ओसारपसार गर्नु गैर कानुनी हो । यदि कहि कतै कसैले यस्तो काम गरेमा यो अवैध मानिन्छ । त्यसैले मानिसको कुनै पनि अङ्गको कारोबार गरेमा कडा भन्दा कडा कानुनी सजाँयको व्यवस्था छ । तर, घरपरिवारको कोही सदस्यलाई किड्नीको आवश्यकता पर्दा परिवारकै सदस्यले भने एउटा किड्नी दिन सक्छन् । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनु पर्दछ ।’

अाफ्नो जिज्ञासा राख्दै कक्षा ९ की छात्रा …..

यसरी बालबालिकाहरुलाई कानुनी सचेतना कक्षा लिँदै हुनुहुन्थ्यो बर्दियाका वरिष्ठ अधिवक्ता नरेन्द्र शर्मा कोईराला र कमल प्रसाद पाण्डे । अधिवक्ताद्वयले जिल्ला सदरमुकाम गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कानुनी सचेतना कक्षा लिने क्रममा उपरोक्त कुरा बताउनुभएको हो । विद्यार्थी जीवनदेखि नै कानुनमा भएका महत्वपूर्ण कुराहरुको जानकारी भएमा भोलिको समाज समुन्नत र सुसंस्कृत बन्ने अपेक्षाका साथ सामाजिक कानुनी सहायता केन्द्रको आयोजनामा यो कानुनी सचेतना कक्षा सञ्चालन गरिएको अार्थिक प्रशासन शाखाका केदार पौडेलले जानकारी दिनुभयो । 

कानुनी सचेतना कक्षामा सहजीकरण गर्नुहुँदै अधिवक्ता नरेन्द्र शर्मा कोइराला …..

जिल्ला कानुनी सहायता समितिले निःशुल्क रुपमा कानुनी सहायता र परामर्श दिँदै आएको छ । यसै क्रममा विभिन्न समुदायमा कानुनी सचेतना, सडक नाटक, कानुनी परामर्श तथा सहजीकरण गर्ने क्रममा केन्द्रले आज यो कार्यक्रमको आयोजना गरेको पौडेलले साझा सबाललाई बताउनुभयो । 


आज लिइएको कक्षामा विद्यार्थीहरुलाई बाल बिवाह, बाल अधिकार, मानव अधिकार लगायतका विषयहरुमा सचेतीकरण गरिएको अधिवक्ता कमल पाण्डेले बताउनुभयो । यस प्रकारका कार्यक्रमहरुले कम्तीमा पनि आजका बालबालिकाहरुलाई कानुनी रुपमा सचेत बनाउन सकिने र उनीहरुका माध्यमबाट समाजमा सकारात्मक सोचको विकास हुन सक्ने अधिवक्ता नेरन्द्र शर्मा कोइरालाले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई