मोहम्मद ईजहार शेष/मङ्सिर २, नवलपरासी । आफ्नो क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानका लागि नवलपरासी क्षेत्र नम्बर ६ का युवाहरुले सरकारसँग मांग गरेका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/मङ्सिर २, नवलपरासी । आफ्नो क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानका लागि नवलपरासी क्षेत्र नम्बर ६ का युवाहरुले सरकारसँग मांग गरेका छन् ।&"/>

2026-06-19 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आफनो क्षेत्रको समस्याको निकासका लागि नवलपरासीका युवाहरुको पहल

2016-11-17


मोहम्मद ईजहार शेष/मङ्सिर २, नवलपरासी । आफ्नो क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानका लागि नवलपरासी क्षेत्र नम्बर ६ का युवाहरुले सरकारसँग मांग गरेका छन् । 

सेमरीको गोपीगंज स्थित पिस प्वाईन्ट पार्टि प्यालेसमा आज भएको युवाहरुको भेलाले अन्य क्षेत्रभन्दा सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, युवा बेरोजगारी, सिमा, गण्डक लगायतका गम्भीर समस्याहरु बर्षौदेखि रहेको भन्दै ति सम्सयाको समाधानलाई उचित निकास दिन मांग गरेका हुन् । 

क्षेत्र नम्बर ६ मा पर्ने १४ वटा गाविसका ५० जना युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा युवाहरुले सो क्षेत्रको धेरै जसो समस्याहरु राजनितिक कारणले समाधान हुन नसकेको भन्दै क्षेत्रिय तहको  स्वतन्त्र युवा समिति गठन गरि बिभिन्न समस्याको बारेमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्ने बताएका छन् । 

कुनै एक राजनितिक पार्टिभन्दा स्वतन्त्र क्षेत्रिय युवा समिति बनाउने योजना रहेका अगुवाहरुले पहिला क्षेत्र नम्बर ६ का सबै गाविसमा ईकाई युवा समिति र क्षेत्रिय युवा समिति बनाउने बताएका छन् । बनाउन लागको युवा समिति र त्यस्को कार्यको बारेमा युवाहरुको भेला गरि बिचार परामर्श गरिएको हाम्रा सहकर्मि नन्दु यादवले बताएका छन् । 

भेलावाट पुष महिना सम्म गाँउ बिकास समितिमा ईकाई समिति गठन गरि क्षेत्रिय युवा समिति गठन गर्ने निर्णय गरिएको छ । सञ्जीत शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवा नेताहरु उमेशचन्द्र यादव, अनोज यादव, शिशुपाल कुश्वाहा, आदित्य पाल, कालिचरण यादव , रेडियो परासीका संवाददाता श्याम थापा लगायतले क्षेत्र नम्बर ६ को बिकासमा युवाहरुको अहम भुमिका रहेकोमा जोड दिएका थिए ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ