२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

विस्थापित वादी अझै स्थापित हुन सकेनन्

३ मंसिर २०७३, शुक्रबार ०३:४४

मङ्सिर ३, जाजरकोट । द्वन्द्वकालमा सुरक्षाको कारण विसं २०५६ तिर विस्थापित भएका यहाँका वादी समुदायलाई स्थापित गर्न माग गरिएको छ । 

वादी अधिकारकर्मीको पहलमा जिल्ला प्रशासन कार्यालयमा विहिबार ज्ञापनपत्र बुझाउँदै देशबाहिर विस्थापित भएका ६० घरभन्दा बढी वादी परिवारलाई स्वदेश फर्काउन माग गरिएको हो । 

जाजरकोट तथा रुकुमका विभिन्न ठाउँबाट ६० घरभन्दा बढी वादी परिवार सुरक्षा नपाएको भन्दै जीवन बचाउन भारत विस्थापित भएका थिए । आफ्नो स्थायी बसोबास नभएका वादी समुदाय माछा मारेर दैनिक जीविका सञ्चालन गर्दै आएका थिए । द्वन्द्वकालमा माछा मारेर दैनिकी टार्ने वादी सुरक्षाको प्रत्याभूति नभएको भन्दै भारतका विभिन्न ठाउँमा गएर मजदुरी गरी परिवार पालेर बसेको वादी अधिकारीकर्मी मधु वादीले जानकारी दिनुभयो । 

नेपालमा शान्ति प्रक्रिया सुरु भई देशमा नयाँ संविधान आउँदासम्म विस्थापित वादी आफ्नो थातथलोमा नफर्केपछि उनीहरुलाई फर्काउन पहल गर्न थालिएको मधुले जानकारी दिनुभयो । 

विस्थापित हुनुअघि पिपे, रिम्ना, दल्ली, कालीमटी, दशेरा, राडी लगायतका ठाउँमा वादी बस्दै आएका थिए । वादी जातिका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएर सहयोग गरिरहेको बेला विस्थापित वादी समुदाय पुख्र्यौैली ठाउँमा नहुनु दुःखद भएको नलगाड सरोकार समितिका अध्यक्ष गणेशप्रसाद सिंहले बताउनुभयो । 

नलगाड नदीको किनारमा माछा मारेर जीविका चलाउँदै आएका वादी नहुँदा यस क्षेत्रमा मादल बनाउने मानिसको अभाव भएको सिंहको भनाइ छ । 

विस्थापितलाई घर फर्काउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन र सहयोग गरिदिन सबै सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराइएको मधुले बताउनुभयो । नेपालमा शान्ति भएकाले आफूहरु नेपाल आउन तयार भएको तर आफूसँग आउन रकम नभएको वादी समुदायले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य