१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका स्वास्थ्य संस्थामा औषधिको अभाव

३ मंसिर २०७३, शुक्रबार ०४:१३

मङ्सिर ३, पाल्पा । पाल्पा जिल्लाका सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधिको अभाव हुन गएको हो । 

जिल्लाका सरकारी स्वास्थ्य संस्था औषधिको अभावले स्वास्थ्य जाँच गरेर बिरामी निजी क्लिनिक धाउनुपर्ने बाध्यता रहेको छ । यस आवको भदौदेखि औषधिको अभाव देखिए पनि जिल्ला स्वास्थ्य कार्यालयले औषधिसहितका आधारभूत सामान स्वास्थ्य संस्थामा नपठाएको गुनासो छ । निःशुल्क औषधि पाइने भनेर प्रचार गरेपनि स्वास्थ्य संस्थामा औषधि नै प्राप्त नभएकाले बिरामीलाई अहिले जाँच गरी औषधिका लागि अन्यत्र पठाउन बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन् । 

जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाले यस आवमा प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण कार्यक्रकमअन्तर्गत अत्यावश्यक औषधि तथा सर्जिकल सामान खरिद गर्नका लागि टेन्डर प्रक्रिया बढिसकेको सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । 

टेन्डर प्रक्रियाबाट औषधि आपूर्ति हुन अझै तीन महिना जति समय लाग्ने हुँदा सो अवधिमा स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालक समितिको बैठकबाट पारित गराई अत्यावश्यक औषधि प्रचलित ऐनकानुनको परिधिभित्र रही व्यवस्थापन गरी सेवा सञ्चालन गर्न स्वास्थ्य संस्थाले सक्ने ज्ञवालीले जानकारी दिनुभयो । 

स्वास्थ्य संस्थालाई अत्यावश्यक सामान खरिदका लागि रु २० हजार देखि २५ हजारसम्म बजेट पठाएको जनाएपनि स्वास्थ्य संस्थाले औषधि खरिद गरी प्रभावकारी सेवा प्रदान गर्न सकेका छैनन् । 

सरकारी स्वास्थ्य संस्थामा अहिले औषधि अभाव हुन थालेसँगै बिरामीको चापसमेत घटेको छ । सरकारले निःशुल्क औषधि दिने भनेपनि सामान्य औषधिसमेत नभएपछि बिरामी सरकारी स्वास्थ्य संस्थामा धाउन छाड्दै गएका हुन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो