पोखरामा आज पत्रकारसँगको भेटघ"/>
पोखरामा आज पत्रकारसँगको भेटघ"/>
मङ्सिर ३, पोखरा । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् ।
पोखरामा आज पत्रकारसँगको भेटघाटमा उनले अब हुने तीन तहको निर्वाचनमा तीनवटै पार्टीले पालैपालो सरकारको नेतृत्व गरेर भए पनि देशमा आइपर्ने सङ्कटको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
नेता पाण्डेले निर्वाचन सम्बन्धी ऐन पारित नभएकाले निर्वाचन नहुने शङ्का बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
“संविधान संशोधन गर्ने चर्चा सत्ता जोगाउने खेल मात्रै हो, उनले भने – विधान संशोधनको ठोस प्रस्ताव आए एउटै टेवुलमा बसेर छलफल गर्न एमाले तैयार छ ।”