२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूसँग देशभक्ति, आँट र हिम्मत भएपनि हाँसोको पात्र बनाइयो: ओली

२०७३, ३ मंसिर शुक्रबार १०:५५

मङ्सिर ३, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले देश विकासका खातिर आफूले परिकल्पना गरेका विकास निर्माणका योजनालाई व्यंग्यको विषयवस्तु बनाएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा कलाकार बैकुण्ठ महतको ‘हाम्रो नेपाल हामी नेपाली’ गीतिसंग्रहको विमोचन गदै अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्व गरेको बेलामा परिकल्पना गरिएका विकास निर्माणका योजनालाई मजाकमा उडाइएको बताएका हुन् ।

उनले नेपालले पानी जहाज किन्ने हिम्मत राख्छ भनेर आफूले समृद्ध मुलुकको परिकल्पना गर्दा आलोचित बन्न पुगेको उल्लेख गरे । उनले विकास निर्माण र मुलुकको परिर्वनका लागि आफूसँग देशभक्ति, आँट र हिम्मत भएपनि हाँसोको पात्र बनाइएको गुनासो समेत गरे ।

‘कसैले बताउँलान् पानी जहाज व्यंग्य हो भनेर । तर, व्यंग्य होइन । म व्यंग्य गर्नेहरुसँग पनि सन्तुष्ट छैन । सायद मैले बुझाउन पनि सकिन । कसैले बुझ्दैन भनेर उसको कमजोरी भन्नु भएन,’ ओलीले भने ।

अध्यक्ष ओलीले एमालेले जनताको चाहना र देशको हितमा मात्र काम गर्ने स्पष्ट पारे । पछिल्लो समय अंगिकृत नागरिकता र उनीहरुको नेपाली हैसियतका बारेमा चर्चा गरिएको समाचार प्रति इंकित गर्दे अध्यक्ष ओलीले नेपाली नागरिकले नेपालकै हितमा काम गर्नुपर्ने उल्लेख गर्दे त्यो काम एमालेले गर्ने स्पष्ट पारे । अध्यक्ष ओलीले मुलुकको हित विपरीत काम गर्न खोज्नेहरुप्रति एमालेले सधैं खबरदारी गरिरहने बताए ।

अध्यक्ष ओलीले कलाकारले आफ्नो श्रृजना मार्फत देशभक्ति र राष्ट्रियतको पक्षमा खबरदारी गनुपर्ने बताए । उनले कलाकारले चित्त नबुझेका कुराहरुमा व्यांग्यात्मक रुपमा गीत गाउन पनि सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी