2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा भूकम्प अनुदान सम्झौतामा नाम छुटेको गुनासो

November 19, 2016

मङ्सिर ४, भक्तपुर । पाँच वटा नगरपालिकामा गत कात्तिक २५ गतेदेखि सुरु भएको भूकम्पपीडित आवास पुनःनिर्माण अनुदान सम्झौताबाट वञ्चित हुनेको गुनासो बढेको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकाय मार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि अनुदान सम्झौता गर्न सुरु गरेको एक साताका अवधिमा दुई हजार ५७ जनाले अनुदान सम्झौता गर्न नपाएको भन्दै गुनासो दर्ता गराएका छन् । 

भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका उपसंयोजक दीपक पाठकले हालसम्म मध्यपुर थिमि नगरपालिका बाहेक पाँच नगरपालिकामा सोचेभन्दा बढी गुनासो आएको र गुनासो आउने क्रम दैनिक बढ्दै गएको बताउनुभयो । 

मध्यपुरथिमि नगरपालिकाले यही मङ्सिर ७ गतेदेखि मात्रै अनुदान सम्झौता सुरु गर्ने भएको छ । अन्य पाँच नगरपालिकामा हालसम्म तीन हजार ५९२ जनाले अनुदान सम्झौता गरेको र दुई हजार ५७ जनाको गुनासो दर्ता भएको छ । 

स्थानीय बासिन्दाले वास्तविक भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटेको जनाएका छन् । भक्तपुरमा अधिकांश स्थानमा लालपुर्जा नभएका र लाभग्राहीको सूचीमा नाम छुटेको भन्दै गुनासो दर्ता गर्नेहरु रहेको पाठकले बताउनुभयो । लाभग्राहीको सूचीमा रहेको नाम, थर र नम्बर नमिलेको सन्दर्भमा स्थानीय निकायले आवश्यक प्रक्रिया पूरा गरेर अनुदान सम्झौता गर्न सक्ने व्यवस्था भएको बताइएको छ । 

भूकम्पपछि वास्तविक भूकम्पपीडितको पहिचानस्वरुप दिइएको रातो कार्ड पाएका, रु १५ हजार र १० रु हजार अनुदान पाएका र पुनःसर्वेक्षणमा सेतो परिचय पत्र पाएकाहरुको नाम समेत लाभग्राहीको सूचीमा नभएको गुनासो आएको छ । 

अनुदान सम्झौता भएको पाँच दिनपछि नगरपालिकाले तोकेको बैंकबाट अनुदान रु ५० हजार वितरण गरिने भनिए पनि सम्झौता भएकाहरुले अझै रकम पाउन सकेका छैनन् । समितिका उपसंयोजक पाठकले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट गरिने सबै प्रक्रिया पूरा गरेर सम्झौता भएकाहरुलाई आगामी सोमबारदेखि पहिलो किस्ताको रु ५० हजार प्रदान गरिने बताउनुभयो । 

भक्तपुरमा अहिलेसम्म २८ हजार ८०० जनाको लाभग्राहीको सूचीमा नाम छ । नाम छुटेको जिकिर गर्नेहरु भने करिब पाँच हजार हुन सक्ने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत