2026-08-30 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

क्यान्सर बिरामीलाई आर्थिक सहयोग

मङ्सिर ४, चितवन । चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत एक विपन्न परिवारका क्यान्सर पीडित किशोरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । 

रक्त क्यान्सरबाट पीडित बारा गढीमाई नगरपालिका– १५ डुमरवानाका १८ वर्षीय युनेश पौडेललाई आर्थिक अभावका कारण उपचारमा समस्या उत्पन्न भएको समाचार पत्रिकामा प्रकाशित भएपछि गढीमाई नगरपालिका– २ सिमराका श्यामबाबु गुप्ताको पहलमा उनलाई रु. एक लाख एक हजार १११ रुपैयाँ नगद सहयोग गरिएको छ । 

युनेशको उपचारका लागि सिमराका श्यामबाबु गुप्ताले ५६ हजार नौ सय ११, वीरगञ्जका सञ्जय गुप्ताले १५ हजार, पर्साका रमिर नहर्कीले ११ हजार, सिमराका सन्तोष कार्कीले पाँच हजार पाँच सय सहयोग प्रदान गर्नुभएको थियो । 

त्यस्तै मनोज पुरीले पाँच हजार एक सय, पर्साका प्रकाश बर्तौलाले पाँच हजार एक सय र सिमराका डा श्रवण मण्डलले दुई हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । 

उक्त सहयोग रकम श्यामबाबु गुप्ता, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. प्रेमसागर शर्मा र क्यान्सर सेवा समाजका संयोजक श्याम लामिछानेले संयुक्तरुपमा युनेसलाई हस्तान्तरण गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने