2026-06-19 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वास्थ चौकीका लागि १५ लाखको जग्गा प्रदान

2016-11-19

मङ्सिर ४, फलेवास । यहाँको एक विकट गाउँमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा प्रदान गरेका छन् ।

पर्वत जिल्लाको बाच्छा गाविसका स्थानीयवासीले स्वास्थ्य चौकीको भवन निर्माणका लागि १५ लाख ६० हजार रुपैयाँ बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको पुराना उप–स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सुविधा सम्पन्न स्वास्थ्यचौकी बनाउने लक्ष्य अनुरुप नयाँ बन्न थालेको भवनका लागि स्थानीयवासीले उक्त सहयोग गरेका हुन् ।

स्वास्थ्य चौकी भवन निर्माण गर्न करिब चार रोपनी जग्गा आवश्यकपर्ने प्रावधान भएका कारण स्थानीयवासीले पाँच रोपनी तीन आना भन्दा बढी जग्गा उपलब्ध गराएका हुन्।

बाच्छा गाविस– ८ मा बसोवास गर्ने भुवनसिंह, हेमान सिंह, रामप्रसाद गुरुङ, दिलीप गुरुङ, मेख बहादुर गुरुङ, रत्नबहादुर गुरुङ, भिमप्रसाद गुरुङ र वडा– ७ का नेत्रबहादुर गुरुङ र रमेश गुरुङले उक्त जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क प्रदान गरेका चौकीका अहेब खिमप्रसाद कोइरालाले जानकारी दिए ।

‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँच होस् भन्ने हेतुले आफूहरुले स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा दान गरेको जग्गादाता रामप्रसाद गुरुङले बताए।

जग्गा उपलब्ध भए पश्चात् अब बाच्छा स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

जिल्लाका विभिन्न गाविसमा स्वास्थ्य चौकीको भवन निर्माण भइसकेको र केही निर्माणाधिन अवस्थामा रहेका छन् । अन्य गाविसमा भवन निर्माण गरिसकिएको र यसवर्ष पनि केही नयाँ भवनका लागि स्वास्थ्य सेवा विभागमा पहल थालिएको पर्वत क्षेत्र नं– २ का सांसद विकास लम्सालले जानकारी दिएश्र

उक्त जग्गा प्राप्त भएपछि यसै वर्षदेखि रु दुई करोडको लागतमा भवन निमाणकार्य सुरु हुने जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । भवन अभावमा अहिले पुरानो र जीर्ण भवनबाट सेवा दिइँदै आएको छ ।

कच्ची भवन चुहिने र घामभित्र छिर्ने भएकाले औषधिको भण्डारण गर्न तथा बिरामीलाई जाँच गर्न समेत समस्या भएको स्वास्थ्य चौकीले जानकारी दिएको छ । यसअघि जिल्लाका अधिकांश गाविसमा सुविधा सम्पन्न भवन निर्माण भइसकेका छन् ।

पर्वतमा एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य चौकी र ५२ वटा स्वास्थ्यचौकी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले