मंसिर ४ पर्वत ।जिल्लामा यहि माघ १३ देखि २२ गतेसम्म हुने भनिएको पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि १८ वटा उपसमिति गठन गरिएको छ ।   उद्योग बाािणज्य संघ पर्वतको मुल आयोजनामा हुन लागेको उक्त महोत्सव सफल तुल्याउनको लागि दुई महिना अगावै १८ वटा उपसमिति तयार गरी महोत्सवको प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ४ पर्वत ।जिल्लामा यहि माघ १३ देखि २२ गतेसम्म हुने भनिएको पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि १८ वटा उपसमिति गठन गरिएको छ ।   उद्योग बाािणज्य संघ पर्वतको मुल आयोजनामा हुन लागेको उक्त महोत्सव सफल तुल्याउनको लागि दुई महिना अगावै १८ वटा उपसमिति तयार गरी महोत्सवको प्"/>
२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महोत्सव सफल पार्न १८ उपसमिति

२०७३, ४ मंसिर शनिबार ११:०४

मंसिर ४ पर्वत ।जिल्लामा यहि माघ १३ देखि २२ गतेसम्म हुने भनिएको पाँचौ पर्वत महोत्सव सफल पार्नको लागि १८ वटा उपसमिति गठन गरिएको छ ।   उद्योग बाािणज्य संघ पर्वतको मुल आयोजनामा हुन लागेको उक्त महोत्सव सफल तुल्याउनको लागि दुई महिना अगावै १८ वटा उपसमिति तयार गरी महोत्सवको प्रचारप्रसारमा तिब्रता दिइएको हो ।
    पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछाने मूल संयोजक रहेको महोत्सवमा  आर्थिक उपसमितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, स्टल निर्माण तथा व्यवस्थापन उपसमितिको संयोजकमा उद्योग उपाध्यक्ष शिव शर्मा पौडेल, कलाकार व्यवस्थापन उपसमितिको संयोजकमा वाणिज्य उपाध्यक्ष केदारनाथ शर्मा रहेका छन् ।
    यसैगरी प्रायोजन उपसमितिको संयोजकमा पूर्वप्रथम उपाध्यक्ष विषमकुमार श्रेष्ठ, झाँकी तथा ¥याली व्यवस्थापन उपसमितिमा पूर्वकेन्द्रीय सदस्य बलराम कर्माचार्य, भलिबल प्रतियोगिता उपसमितिमा पूर्वमहासचिव प्रकाश कर्माचार्य, साउन्ड सिस्टम उपसमितिमा सचिव कमल जिसी, आर्थिक परिचालन समन्वय उपसमितिमा मानसिंह कोषाध्यक्ष भण्डारी, बजार साजसज्जा उपसमितिमा सदस्य तिला गिरी रहेका छन् ।
    यस्तै, मूल ब्यानर उपसमितिमा कार्यसमिति सदस्य               राजकुमार श्रेष्ठ, फोटो प्रदर्शनी उपसमितिमा सदस्य राजन गुरुङ, रमाइलो मेला उपसमितिमा दीपेन्द्र गिरी, विद्युत् व्यवस्थापन उपसमितिमा सदस्य मधुसूदन उपाध्याय, ब्याच निर्माण उपसमितिमा राजु पौडेल, फूलमाला उपसमितिमा माया गिरी र प्राथमिक उपचार उपसमितिमा भरत गौतमको नेतृत्वमा उपसमिति गठन गरिएको छ । भने अन्य उपसमिति आवश्यकताअनुसार सचिवालयले निर्माण गर्ने महोत्सव आयोजक समितिका सदस्य सचिव तथा सङ्घका महासचिव ठाकुर बी पौडेलले सहारान्यूजसँग बताए ।
उवासंघको सल्लाहकारसहितको बैठकले पश्चिमाञ्चल क्षेत्रीय औद्यागिक व्यापार मेला तथा पाँचौँ पर्वत महोत्सवलाई फरकपनका साथै ऐतिहासिक बनाउने निर्णयसमेत गरिएको छ । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र एतिहासिक बस्तु तथा आन्तरिक व्यापार प्रर्वद्धनको लागि टेवा पु¥याउने उदेश्यले महोत्सवको आयोजना गरिएको  जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ