सास । मंसिर ४, बर्दिया ।

आज विश्व चर्पी दिवसका दिन जिल्ला खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय गुलरियाको दिवालमा लेखिएका चर्पी प्रयोग र सरसफाई सम्बन्धी आम जनतामा सचेतना फैल्याउने सन्देशहरु नै घिरौँला, फर्सी, लौका तथा बो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ४, बर्दिया ।

आज विश्व चर्पी दिवसका दिन जिल्ला खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय गुलरियाको दिवालमा लेखिएका चर्पी प्रयोग र सरसफाई सम्बन्धी आम जनतामा सचेतना फैल्याउने सन्देशहरु नै घिरौँला, फर्सी, लौका तथा बो"/>

2026-09-18 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चर्पी दिवसमै छोपिएपछि अनि हुन्छ त ?

सास । मंसिर ४, बर्दिया ।

आज विश्व चर्पी दिवसका दिन जिल्ला खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय गुलरियाको दिवालमा लेखिएका चर्पी प्रयोग र सरसफाई सम्बन्धी आम जनतामा सचेतना फैल्याउने सन्देशहरु नै घिरौँला, फर्सी, लौका तथा बोडिका झालहरुले यसरी छोपिँदा पनि कार्यालयको ध्यान जान सकेको छैन ।


पर्खालमा लेखिएका सन्देशहरु यसरी तरकारीका झालहरुले यसरी पुरिँदै जाँदा पनि कार्यालयले देखे नदेखे झै गरेको छ । पूर्ण सरसफाईका लागि आम जनसमुदायमा सचेतना गराउने खालका महत्वपूर्ण सन्देशहरु नै यसरी छोपिएपछि र दिवाल फोहोर देखिएपछि कार्यालयको उद्देश्यमाथि नै प्रश्नचिन्ह उठेको छ । बर्दिया जिल्ला खुला दिसामुक्त घोषण भईसकेको र अब पूर्ण सरसफाईको जिल्ला घोषणा  गर्नका लागि सरसफाइका लागि जनचेतनामूलक काम गर्नुपर्नेमा डिवाससिसि ले अाफ्नै कार्यालयमा यस्तो दृश्य बनाएको हो ।

यसैबीच आजै चर्पी दिवसको सन्दर्भ पारेर गेटमा व्यानर टाँगेर भब्य रुपले मनाऔँ भनी चर्पी र रोजगार नारा लेखिएको व्यानर टाँसिएको छ । व्यानरमा चर्पीको प्रयोग सम्बन्धी ‘दिसा गर्न चर्पीमा जाउँ फोहोर छोएपछि साबुन पानीले हात धुने बानी बसालौँ’ भनी सन्देश लेखिएको छ । 

गेटमा टाँगिएको व्यानर ………..

यसरी व्यानर मात्रै टाँगेर दिवस मनाएको कुनै अर्थ नहुने बरु आफ्नै कार्यालय परिसरको सरसफाई गरी मनाएको भए पनि कति राम्रो हुने थियो हामीले पनि साथ दिने थियौँ भन्ने स्थानीयको भनाइ छ ।  त्यसो त खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले भने स्थानीय सञ्चारमाध्यमहरुमा सचेतनामूलक सामग्री भने प्रसारण गरी सबैलाई चर्पी मर्मत तथा सफाई गर्न सूचित गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई