सास । मंसिर ४, बर्दिया ।

आज विश्व चर्पी दिवसका दिन जिल्ला खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय गुलरियाको दिवालमा लेखिएका चर्पी प्रयोग र सरसफाई सम्बन्धी आम जनतामा सचेतना फैल्याउने सन्देशहरु नै घिरौँला, फर्सी, लौका तथा बो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर ४, बर्दिया ।

आज विश्व चर्पी दिवसका दिन जिल्ला खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय गुलरियाको दिवालमा लेखिएका चर्पी प्रयोग र सरसफाई सम्बन्धी आम जनतामा सचेतना फैल्याउने सन्देशहरु नै घिरौँला, फर्सी, लौका तथा बो"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चर्पी दिवसमै छोपिएपछि अनि हुन्छ त ?

४ मंसिर २०७३, शनिबार १२:१६

सास । मंसिर ४, बर्दिया ।

आज विश्व चर्पी दिवसका दिन जिल्ला खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय गुलरियाको दिवालमा लेखिएका चर्पी प्रयोग र सरसफाई सम्बन्धी आम जनतामा सचेतना फैल्याउने सन्देशहरु नै घिरौँला, फर्सी, लौका तथा बोडिका झालहरुले यसरी छोपिँदा पनि कार्यालयको ध्यान जान सकेको छैन ।


पर्खालमा लेखिएका सन्देशहरु यसरी तरकारीका झालहरुले यसरी पुरिँदै जाँदा पनि कार्यालयले देखे नदेखे झै गरेको छ । पूर्ण सरसफाईका लागि आम जनसमुदायमा सचेतना गराउने खालका महत्वपूर्ण सन्देशहरु नै यसरी छोपिएपछि र दिवाल फोहोर देखिएपछि कार्यालयको उद्देश्यमाथि नै प्रश्नचिन्ह उठेको छ । बर्दिया जिल्ला खुला दिसामुक्त घोषण भईसकेको र अब पूर्ण सरसफाईको जिल्ला घोषणा  गर्नका लागि सरसफाइका लागि जनचेतनामूलक काम गर्नुपर्नेमा डिवाससिसि ले अाफ्नै कार्यालयमा यस्तो दृश्य बनाएको हो ।

यसैबीच आजै चर्पी दिवसको सन्दर्भ पारेर गेटमा व्यानर टाँगेर भब्य रुपले मनाऔँ भनी चर्पी र रोजगार नारा लेखिएको व्यानर टाँसिएको छ । व्यानरमा चर्पीको प्रयोग सम्बन्धी ‘दिसा गर्न चर्पीमा जाउँ फोहोर छोएपछि साबुन पानीले हात धुने बानी बसालौँ’ भनी सन्देश लेखिएको छ । 

गेटमा टाँगिएको व्यानर ………..

यसरी व्यानर मात्रै टाँगेर दिवस मनाएको कुनै अर्थ नहुने बरु आफ्नै कार्यालय परिसरको सरसफाई गरी मनाएको भए पनि कति राम्रो हुने थियो हामीले पनि साथ दिने थियौँ भन्ने स्थानीयको भनाइ छ ।  त्यसो त खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले भने स्थानीय सञ्चारमाध्यमहरुमा सचेतनामूलक सामग्री भने प्रसारण गरी सबैलाई चर्पी मर्मत तथा सफाई गर्न सूचित गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान