२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको दुर्गम गाउँमा बिजुली बल्यो

५ मंसिर २०७३, आईतवार ०३:११

मङ्सिर ५, पाल्पा । टुकीको ठाउँमा यतिबेला सबैका घर घरमा बिजुली बत्ती बलेपछि दुर्गम झडेवा केरौलीकी ८७ वर्षीया मनकुमारी बाह्रघरे दङ्ग हुनुहुन्छ । 

बिजुलीको लाइनमा राइसकुकरमा बुहारीले खाना पकाएको देख्दा त उहाँलाई सपना जस्तै लागेको बताउनुहुन्छ । बिजुली बत्ती बल्ने कल्पना पनि नगर्नुभएका ७६ वर्षीय रामबहादुर चौहानले बिजुलीको झिलीमिली उज्यालो देख्दा आफू बसेको गाउँ सहरमा बदलिएको जस्तो लागेको अनुभव सुनाउनुभयो । 

विद्युत् विस्तारका लागि पाँच वर्ष अगाडि काम थालनी गरे पनि झडेवाका स्थानीयवासीले लामो समयको प्रयासपछि बिजुली बाल्न सफल भएका छन् । जिविसको रु १५ लाख, स्थानीयवासीको श्रमदान र पहलमा बिजुली बत्ती बालिएको हो । 

चारवर्ष अगाडि नै गाउँमा पोल गाडेर तार टाँगेका स्थानीयवासीलाई विद्युत् प्राधिकरणले ट्रान्सफर्मर लाइन चार्ज नगरिदिँदा लामो समय लागेको स्थानीयवासी यमबहादुर रुचालको भनाइ छ । 

जिविसले विद्युतीकरणका लागि ठेक्कामार्फत उपलब्ध गराएको सामग्रीको गुणस्तरको नापजाँच नगरीकन प्राधिकरणले लाइन नदिने भनेपछि विद्युत् प्राधिकरण र जिविसबीच द्वन्द्व चर्किएकाले बिजुली बल्न ढिलाइ भएको हो । 

झडेवा गाविसमात्र नभई ठिमुरे, कोलडाँडा, दोभानका जनता विद्युतीकरण गरेको तीनवर्षसम्म बिजुली बाल्नबाट वञ्चित भएको चौहानले बताउनुभयो । बिजुली बत्ती बलेपछि घर घरमा रेडियो बजाउन, टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्न, खाना पकाउन सजिलो भएकामा यहाँका स्थानीयवासी दङ्ग छन् । 

स्थानीयवासीको श्रमदानमा खानेपानी योजना निर्माण 

जिल्लाको दुर्गम भेगमा पर्ने गल्धा गाविसको ढुङ्गानाबेसीमा स्थानीयवासीको श्रमदानमा खानेपानी योजना निर्माण भएको छ । यहाँ स्थानीयवासीको लामो समयको प्रयासपछि खानेपानी योजना निर्माण भएको हो । 

उपभोक्ता घरधुरीबाट उठाइएको रु पाँच लाख २२ हजार ५००, जापानिज संस्था साइतामा युनेस्कोको रु चार लाख ५० हजार र उपभोक्ताको श्रमदान गरी जम्मा रु १३ लाख ८६ हजार ५१०को लागतमा सो योजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बेदप्रसाद खण्डलुकले बताउनुभयो । यस योजनाबाट यहाँका १९० घरधुरी लाभान्वित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो