२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका पन्ध्र गाविसमा खानेपानी योजना सम्झौता

२०७३, ५ मंसिर आईतवार ०३:२१

मङ्सिर  ५, पाल्पा । पाल्पा जिल्लाका १५ गाविसमा १६ वटा खानेपानी योजना सञ्चालन गर्न सम्झौता भएका छन् । 

पाल्पाका ग्रामीण आर्थिक विकास सङ्घ (रेडा), सामाजिक स्रोत विकास केन्द्र नेपाल, विकल्प तथा सरसफाइ कोष विकास समितिबीच जिल्लामा आगामी १८ महिनाको अवधिमा सम्पन्न हुनेगरी १६ खानेपानी योजना सञ्चालन गर्न सम्झौता भएको हो । खानेपानीको योजना सम्पन्न भएपछि यहाँका स्थानीय बासिन्दाले सहज रुपमा खानेपानीको प्रयोग गर्न पाउनेछन् । 

पन्ध्र गाविसमा १६ वटा योजना सञ्चालन गर्न फन्डबोर्डले योजना स्वीकृत गरेपछि परियोजना सञ्चालित गाविसले पूर्ण सरसफाइ र शुद्ध पिउने पानीको पहु“च पु¥याउने गरी कार्यक्रम अघि बढेको छ । 

पहिलो चरणमा फन्डबोर्डले रु एक लाख ५० हजारका दरले पूर्ण सरसफाइ उन्मुख गाविस बनाउन सहयोग गर्नेछ । दोस्रो चरणमा शुद्ध पिउने पानी उपलब्ध गराउन खानेपानी योजना सञ्चालन गरिने छ । 

सामाजिक स्रोत विकास केन्द्रले पा“च गाविसमा छवटा योजना सञ्चालन गर्नेछ । पा“च गाविसका ८०३ घरधुरीका पाँच हजार ४२ जनसङ्ख्याले सफा, स्वच्छ, सुरक्षित पिउने पानी उपलब्ध हुनेछ । ‘एक घर एक धारा’ नीति निर्माण रहेको छ । खानेपानी योजनाका लागि पाँच प्रतिशत नगद र २० प्रतिशत श्रमदान स्थानीय उपभोक्ताले गर्ने छन् । 

रेडाले मुझुङमा ६९, पालुङ्मैनादीमा ९४, नायरनमतलेसमा १४०, देवीनगरमा ७१, बन्दीपोखरामा ७७, तेल्घामा ७१, रिङ्नेरहमा ५३ घरधुरी लाभान्वित हुनेगरी खानेपानी योजना सञ्चालन हुनेछ । 

विकल्पले जिल्लाको ताहुँमा रम्भादेवी लिÏट खानेपानी योजना सञ्चालन गरेर १५७ घरधुरीलाई लाभान्वित गर्नेछ । सोमादीको जुकेखोला लिÏटबाट १०७ र सिद्धेश्वरको झेर्दी लिÏट योजनाबाट १०६ घरधुरी लाभान्वित हुने विकल्पका कार्यक्रम प्रमुख दिवाकर पाण्डेयले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ