२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

लैङ्गिक हिंसापीडित रोल्पाका सात महिलालाई राहत प्रदान

५ मंसिर २०७३, आईतवार ०३:३८

मङ्सिर ५, रोल्पा । महिला तथा बालबालिका कार्यालय रोल्पाले २०७०/७१ देखि हालसम्म जिल्लाका सातजना हिंसापीडित महिलालाई लैङ्गिक हिंसा निवारण राहत कोष प्रदान गरेको जनाएको छ । 

विशेष गरी श्रीमान्सँग सम्बन्धविच्छेद गरेका महिला जसले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका छन् वा आयस्रोतको कुनै माध्यम नभएका महिलालाई मात्र यो कोषबाट रकम प्रदान गरिने महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार हिंसापीडित महिला न्यायको खोजीमा गाउँबाट कार्यालयसम्म आउँदाजाँदा लाग्ने यातायात खर्च, हिंसामा परेकै कारण लाग्ने आवश्यक औषधि उपचार तथा आय आर्जनका लागि मात्र यस कोषको रकम खर्च गर्न सकिने प्रावधान रहेको छ । हालसम्म स्वास्थ्य उपचार र आय आर्जनका लागि कोषबाट सातजनालाई रु ६४ हजार १७० प्रदान गरिएको कार्यालयले जनाएको छ । 

यता हिंसापीडित महिलाका अनुसार आफूहरु घरेलु हिंसाको सिकार बनेका बेला न्याय माग्नका लागि सदरमुकाम आउन जान र एक छाक खानका लागि पनि ठूलो समस्या झेल्नुपर्ने भएको हुँदा यो रकमले केही राहत हुने भए पनि पर्याप्त नभएको बताएका छन् । 

जिल्लामा ठूलो सङ्ख्याका महिला घरेलु हिंसाको सिकार बनिरहेको अवस्था छ । बाल विवाह, बहुविवाह, श्रीमान्ले मदिरा सेवन गरेर कुटपिट गर्नु तथा महिलालाई परिवारबाट शारीरिक तथा मानसिक रुपमा यातना दिनु आदि कारणबाट महिला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिंसाको सिकार बनिरहेको अवस्था छ । 

आचार्यले भन्नुभयो – “केही समयअघि श्रीमान् र बहिनीको कुटाइबाट सख्त घाइते बनेकी थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको औषधि उपचारका लागि बैठक बसेर हामीले सो कोषबाट रु ३० हजार नगद सहयोग गर्ने निर्णय गरेका थियौँ तर उहाँको दुःखद निधन भएपछि सो कोषको रकम कोषमै रह्यो उहाँले दुःख प्रकट गर्दै भन्नुभयो । 

कार्यालयको सो कोषमा हाल रु एक लाख पाँच हजार ३४० जम्मा रहेको आचार्यको भनाइ छ । जिल्लामा रहेका माथि उल्लिखित हिंसापीडित महिला कार्यालयको सम्पर्कमा आएमा राहतस्वरुप आवश्यकताअनुसार कोषको रकम प्रदान गर्न सकिने उहाँको बताउनु भयो । सो रकम महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट प्राप्त हुने गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य