मङ्सिर ५, भक्तपुर । पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । 

भक्तपुर कमलविनायकस्थित शुभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, भक्तपुर । पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । 

भक्तपुर कमलविनायकस्थित शुभ"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश विखण्डन गराउन दिँदैनौँ – पूर्वमन्त्री बस्नेत

५ मंसिर २०७३, आईतवार ०४:२४

मङ्सिर ५, भक्तपुर । पूर्वमन्त्री महेश बस्नेतले संविधान संशोधनको नाममा देशलाई विखण्डन गर्ने षडयन्त्र भइरहेको बताउनुभएको छ । 

भक्तपुर कमलविनायकस्थित शुभज्योति बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभामा शनिबार उहाँले केही व्यक्तिको स्वार्थमा भइरहेको कार्यको पर्दाफास गर्दै कुनै हालतमा देश विखण्डन गर्न नदिने बताउनुभएको हो । 

देशभित्र जातजाति र भाषाभाषीको नाममा द्वन्द्व सिर्जना गराई देशलाई विखण्डन गराउने षडयन्त्रले संविधान संशोधनको कुरा आइरहेको बताउँदै उहाँले तराई, हिमाल र पहाडलाई छुट्याएर प्रदेश बने देशको अस्तित्व मेटिने विचार व्यक्त गर्नु भयो । 

उहाँले सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने नाममा अहिलेको प्रदेश नं ५ मा तराईका जिल्लामात्र समावेश गरी तराई र पहाडबीच विखण्डन ल्याउनेखालको संशोधन प्रस्तावको तयारी गरिरहेको बताउँदै यसका विरुद्ध जनताले खबरदारी गर्ने उल्लेख गर्नु भयो । 

कार्यक्रममा निर्माण व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईं, युवा साकोसका सचिव सोम शर्मा बजगार्इंले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा सहकारीले ओगटेकाले मुलुकको विकास निर्माणमा सहकारीको पनि महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट