२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका ज्येष्ठ नागरिकलाई छुट सुविधा लिन समस्या

२०७३, ५ मंसिर आईतवार ०४:२८

मङ्सिर ५, बाबियाचौर (म्याग्दी) । परिचयपत्रमा स्पष्ट उल्लेख नहुँदा सरकारले घोषणा गरेको स्वास्थ्य उपचार र यातायातमा छुट सुविधा उपभोग गर्न ज्येष्ठ नागरिकलाई समस्या भएको छ । 

महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि उत्साहित भएका म्याग्दीका ज्येष्ठ नागरिकहरु सुविधा पाउन नसक्दा निराश भएका छन् । सरकारले परिचयपत्रका आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने घोषणा गरेको थियो । 

कार्यालयले हालसम्म म्याग्दीका १२३ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिसकेको छ । साठी वर्ष पूरा उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २ गते महिला तथा बालबालिका कार्यालयबाट परिचत्रपत्र दिने गरिएको छ । 

ज्येष्ठ नागरिक समाजका अध्यक्ष नैनकुमार श्रेष्ठले सुरुमा ५० प्रतिशत छुट भनेर लेखिएको परिचयपत्र वितरण भए पनि पछिल्लो समय छुटमात्र लेखेको परिचयपत्र वितरण भएकामा गुनासो गर्नुभयो । परिचयपत्रमा कति छुट पाउने भन्ने विषयमा स्पष्ट उल्लेख नहुँदा ज्येष्ठ नागरिकलाई सुविधा उपभोग गर्न समस्या भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

महिला विकास अधिकृत निर्मला शर्माले मन्त्रालयले छुटमात्र लेखेको छाप लगाएर परिचयपत्र वितरण गर्न मौखिक निर्देशन दिएकाले सोहीअनुसार गरिएको प्रतिक्रिया दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा