गोविन्द बिश्वकर्मा।सुर्खेत ५, मंसिर । कम्प्यूटर एसोसियशन नेपाल महासंघ (क्यान) का केन्द्रिय उपाध्यक्ष सञ्जय थापाले देशमा नै सुचना प्रविधिको अबस्था चिन्ताजनक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोविन्द बिश्वकर्मा।सुर्खेत ५, मंसिर । कम्प्यूटर एसोसियशन नेपाल महासंघ (क्यान) का केन्द्रिय उपाध्यक्ष सञ्जय थापाले देशमा नै सुचना प्रविधिको अबस्था चिन्ताजनक "/>

2026-06-17 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुचना र प्रविधिको अबस्था चिन्ताजनक छ: उपाध्यक्ष थापा

2016-11-20


गोविन्द बिश्वकर्मा।सुर्खेत ५, मंसिर । कम्प्यूटर एसोसियशन नेपाल महासंघ (क्यान) का केन्द्रिय उपाध्यक्ष सञ्जय थापाले देशमा नै सुचना प्रविधिको अबस्था चिन्ताजनक भएको बताएका छन् । परम्परागत कार्य विधिको प्रयोग र गाउस्तरमा प्रविधिको पहुँच नपुगेकाले प्रविधिको अबस्था चिन्ताजनक रहेको बताएका हुन् । 

कम्प्यूटर एसोसियशन नेपाल महासंघ सुर्खेतको आयोजनामा शनीबार सम्पन्न चौथो साधारण सभालाई सुभकामना दिदैं थापाले आजभोलीको अबस्थामा सुचना र प्रबिधिको अबस्था निकै गम्भिर रहेको बताउदै आगामी दिनमा द्रुत गतीमा हुने बिश्वास ब्यक्त गरेका छन् । ईन्टरनेटको पहँुचमा रहेका क्षेत्रबाहेक सबै ठाउमा प्रविधिको नाममात्र सुन्न पाईने गरेको भन्दै उनले अब गाउँका कुनामा पनि सुचना र प्रविधिको ब्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रविधि शहर केन्द्रितमात्र नभई गाउँमा पनि पु¥याउनु आजको आबश्यक्ता रहेको बताउदै छिटै नै सबैको पहुँचमा पुग्ने बताए । उनले भने–“कम्प्यूटर क्षेत्रका अभावहरु परिपुर्ति होस र जनतामा हातले हैन प्रविधिले काम गर्नुपर्छ भन्ने भावना पैदा होस् ।” प्रविधिलाई कसरी विश्वसनिय र सबैको पहुँचमा पु¥याउन किन्छ भन्ने सोच्नु अति आबश्यक रहेको बताएका छन् ।

सुर्खेत उद्योष्ग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतका कम्प्यूटर ब्यवसायीले सुचना प्रविधिको क्षेत्रमा गरेको योगदान मुल्यवान रहेको बताउदै सुर्खेत उद्योग वाणिज्य संघे आगामी दिनमा सहयोग गर्ने बताएका छन् । अहिलेको युगमा धनले मात्र नहुने भन्दै आईडिया लगाउनुपर्ने बताए । 

आईडियाले मुल्यवान सम्पतिलाई पछाडी पार्ने भन्दै अब आईडियाले काम गर्नुपर्ने सुझाव दिएका छन् । कुन ठाउँमा के सम्भावना छ भन्ने कुराको पत्ता लगाई उपयोग गर्न सकेमात्र आईडियाले काम गरेको मान्न सकिने अधिकारीले भने । अधिकारीले उद्योग वाणिज्य संघ सुर्खेतले स्थानिय पर्यटकिय स्थल घण्टाघरमा वाई फाईको ब्यवस्था गर्ने योजना बनाएको जानकारी दिए । प्रविधिको प्रयोग गरी सुचनाको पहुँचलाई मजबुत गराउन वाईफाईको ब्यवस्था गर्ने योजना बनाउन लागिएको बताए 

प्रविधि बजारमुखी भयो भन्दै अध्यक्ष अधिकारीले अब सुचनालाई बिश्वसनिय बनाउन गाउँस्तरको प्रविधिलाई ध्यान दिनुपर्ने बताए । पर्यटकिय हिसावले पनि महत्वपुर्ण रहेका यस्ता सार्वजानिक स्थलमा प्रविधिको ब्यवस्था गर्न सकेपनि प्रचार प्रसार हुने दावी गरे । सुर्खेतलाई मात्र नभएर समग्र प्रदेश नं. ६ लाई समृद्ध बनाउनका लागी सुचना प्रविधिलाई जोड दिनुपर्ने उनको भनाई छ । पर्यटकिय सम्पदाका साथै थुप्रै सम्भावना भएको प्रदेश नं. ६ को प््रस्तावित राजभानी हुदै गर्दा प्रविधिको पहुँचलाई साथसाथमा बिकास गर्दै लैजान पर्ने बताएका छन् । 

उद्योग बाणिज्य संघले पनि यसअघिका दिनमा पनि प्रविधिसम्बन्धि धेरै कामहरु गर्दै आएको बताउदै आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाएका छन् । हातले गर्ने काम ढिलो हुने, बढी खर्चिलो हुने हुँदा प्रविधिको प्रयोग आबश्य रहेको बताएका छन्  । एकजना मान्छेले घण्टौ लगाएर गर्ने काम कम्प्यूटरले कम समयमा नै सहज रुपमा गर्ने बताए ।

यस्तै कार्यक्रममा मध्यपश्चिमाञ्चल बिश्वबिद्यालय सुर्खेतका विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा देबबहादुर खड्काले प्रदेश नंं ६ लाई विज्ञान प्रविधिको हिसाबमा नं. १ प्रदेश बनाउने योजनाका साथ आफु अगाडी बढेको बताएका छन् । परम्परागत बढी खर्चिलो विधिलाई प्रयोग गर्दै आएको संस्कारलाई हटाउदै आधुकितातर्फ उन्मुख हुन जरुरी रहेको बताए । उनले विज्ञान तथा प्रविधि संकायले पनि प्रविधिमा नयाँ फट्को मार्न चाहेको बताए । 

प्रविधिको हालको अबस्था, उपयोगबारे समिक्षा गर्दै आकर्षण कार्यक्रमहरु गर्नुपर्ने आबश्यक रहेको औल्याए । खड्काले सिकेको सिपलाई अन्तरनिहित रुपमा कुम्ल्याएर राख्नुभन्दा ब्यवहारिक रुपमा आबश्यक ठाउँमा लगाउनु उत्तम रहने बताए । समग्र प्रदेशको प्रविधि बिकासलाई मध्यनजर गर्दै आगामि दिनमा बिकासका कार्यक्रममा सहकार्य गर्न सकिने बचन दिएका छन् । उनले प्रविधिको उच्चतर बिकासका लागी नेटवर्किङ्गको आबश्यत्ता औल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ