मंसिर ५ पर्वत ।पर्वत सुनचाँदी ब्यबसायीहरुलाई सरकारी निकायले चोरको जस्तै ब्यबहार गर्दै आएको जिल्लाका सुनचाँदी व्यवसायीले दुखेसो पोखेका छन् ।
सुनच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५ पर्वत ।पर्वत सुनचाँदी ब्यबसायीहरुलाई सरकारी निकायले चोरको जस्तै ब्यबहार गर्दै आएको जिल्लाका सुनचाँदी व्यवसायीले दुखेसो पोखेका छन् ।
सुनच"/>
2026-09-20 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हामीलाई चोरजस्तो व्यवहार भयो -सुनचाँदी व्यवसायी

मंसिर ५ पर्वत ।पर्वत सुनचाँदी ब्यबसायीहरुलाई सरकारी निकायले चोरको जस्तै ब्यबहार गर्दै आएको जिल्लाका सुनचाँदी व्यवसायीले दुखेसो पोखेका छन् ।
सुनचाँदी ऐन निर्माण  र त्यसलाई प्रभावकारी रुपमा लागू गर्न नसक्दा सुनचाँदी व्यवसायीहरुलाई चोरको जस्तो व्यवहार भएको उनीहरुले गुनासो गरेका हुन । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका पर्वत सुनचाँदी व्यवसायीका पूर्व अध्यक्ष निर्मल विश्वकर्मालाई स्वागत तथा बधाइ ज्ञापनको लागि आयोजना गरीको कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन । व्यवसायीहरुले आफुहरुला्रइ्र्र प्रहरी र अन्य अन्य निकायले चोरको झै ब्यबहार गर्दा समस्या भोग्दै आएको गुनासो       गरे ।
ब्यबसायीले बिल बिनाको सुन उही मुल्यमा किन्ने क्रममा कहिले काँही चोरीको पर्न जाने र त्यसरी सुन्न किन्ने ब्यबसाय बिना अपराध चोर झै दण्डीत बन्नुपर्ने अवस्था रहेको गुनासो व्यवसायीहरुको थियो । बिबाहमा दाईजोमा ल्याएको सुन र १५ बर्ष पहिले बिना बिल सुन बिक्री हुने गरेकाले त्यस्तो सुन खरिदमा समस्या हुने गरेको छ । व्यवसायीहरुले सुनचाँदी व्यवसायीहरुको हकहितको लागि  तयार हुन लागेको सुनचाँदी व्यवसायी निर्देशिका संसदबाट पारित गराउनको लागि उनीहरुले जिल्लाका तीन सांसदलाई अनुरोध समेत गरे ।
    जिल्लाका सांसद अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागाइलाई व्यवसायीले उक्त निर्देशिका संसदबाट पारित गर्नको लागि सहयोग गर्नको लागि अपिल समेत गरे ।
    कार्यक्रममा बोल्दै साँसद अर्जुनप्रसाद जोशीले सुनचाँदी ब्यबसायीका समस्याहरु कानुन बनाएर सम्बोधन गर्न आफुँले प्रयास गर्ने बताए । जोशीले सुनचाँदी व्यवसायीको हक हितको लागि आफुले प्रयास थाल्ने      बताए ।
    त्यस्तै सांसद विकास लम्सालले सुनचाँदी व्यवसायीलाइ उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिए उनले विचाराधिन रहेको सुनचाँदी ऐन तथा निर्देशिका पारित गर्नको लागि आफु सकरात्मक रहेको बताए । सांसद कल्पना चापागाइले महिलाहरुलाई सुनचाँदी व्यवसायीको विज्ञापनमा अपमान हुने ढंगले संशोधन भएको भन्दै सुधार गर्नुपर्ने सुझाव दिइन ।
    संघका सल्लाहकार शेरबहादुर सुनारले सुनचाँदी ब्यबसायलाई अझै समस्या भोग्दै आएको बताए । ‘यस्तै अबस्था आयो भने ब्यबसाय गर्न समेत कठिन छ ’ उनले भने ‘सम्मानजक ब्यबसाय गर्ने वातावरण चाहिएको छ’ । उनले सुनचाँदी ब्यबसायीहरुले मर्या्दित ब्यबसाय गर्दा समेत अनावश्यक झण्झट बेहोर्दै आएको बताए ।
    कार्यक्रममा सुनचाँदी ब्यबसायी महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य निर्मल बिश्वकर्माले ब्यबसायीले उही मुल्यमा सुन खरिद गर्दा समेत समस्या भोग्दै आएको बताए । संसदमा सौदाबाजी सम्बन्धी कानुन बिचराधिन रहेको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गरे ।सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा पर्वत सुनचाँदी व्यवसायी संघ  र महिला सुनचाँदी व्यवसायी संघले निर्मल विश्वकर्मालाई सम्मान पत्र र खादाले सम्मान गरेको       थियो ।
     त्यस्तै जिल्लाका नवनिर्वाचित अध्यक्ष विकास विश्वकर्मालाई महिला सुनचाँदी व्यवसायीले सम्मान पत्र र खादाले सम्मान तथा बधाई ज्ञापन गरेका थिए । जिल्ला अध्यक्ष विकास विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव आनन्द विश्वकर्माले गरेका थिए भने कार्यक्रमको स्वागत उपाध्यक्ष ठाकुर वि पौडेलले गरेका थिए ।
    पर्वत जिल्लामा मासिक रुपमा ४ किलो सुनको आवश्यकता पर्ने पर्वत सुनचाँदी व्यवसायी संघले जनाएको छ । जिल्लामा माग भन्दा पनि कम सुन आउने गरेकाले आफुहरुले निकै मारमा परेको संघको गुनासो छ ।  मासिक रुपमा १ केजी मात्र आफुहरुले सुन पाउने र सो सुनले आवश्यकता पुरा गर्न नसक्ने विकास विश्वकर्मा बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो