२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

२०७३, ५ मंसिर आईतवार ०८:५८

मङ्सिर ५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । 

पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा आज बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने जनाएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकमा सोमबार हुन लागेको दुई पार्टीको एकीकरण तथा घोषणासभाको तयारीका लागि समेत छलफल भएको छ । दुवैै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी गरिएको छ । 

अन्तरिम विधान २०७३ अनुसार दुवै पार्टीका पदाधिकारी तथा नेताको व्यवस्थापन गरिने छ । पार्टीले राप्रपासँग गर्न लागिएको एकताका लागि सैद्धान्तिक सहमति दिन केन्द्रीय समितिलाई जिम्मा दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी