२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

बालअधिकार संरक्षणमा घरपरिवारको महत्वपुर्ण भुमिका रहन्छः सांषद् थापा

५ मंसिर २०७३, आईतवार १४:४८

गोविन्द बिश्वकर्मा | मंसिर ५, दैलेख । सम्वद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ दैलेखमा पनि २७ औं बाल अधिकार दिवश मनाईएको छ । 

बालश्रम, बालबालिकाविरुद्ध हुने हिंसा, दुब्र्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानको लागि अहिलेको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै यो नारा तय गरिएको हो । बालअधिकारको क्षेत्रमा लगातार जस्तो आवाज उठ्दै आएपनि प्रगति भने उल्लेख्य नभएको बाल अधिकारकर्मी बताउने गरेका छन् । शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गर्नुपर्ने काम धेरै बाँकी रहेको अधिकारकर्मीहरुको भनाई छ । २७ औं अन्तर्रा्ष्ट्रिय बाल दिवसका अवसरमा आइतबार दैलेखमा आयोजित कार्यक्रममा दैलेख क्षेत्र नम्बर १ का सांसद अम्मर बहादुर थापाले बालवालिकाको संरक्षण, सम्वद्र्धन प्रवद्र्धनमा घरपरिवारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । उनले सरोकारवाला सबैले बालवालिकाको हक, हितका लागि काम गर्न सके मात्र बाल अधिकार सुनिश्चित हुने बताए । थापाले बालवालिकाको हक र हित बालवालिहरुका अधिकारका पक्षमा सधै तयार रहेको जानकारी दिए । सरकारी तथा गैरसरकारी संस्थाले बाल दिवसका दिनमात्र बाल अधिकारको कुरा गरेर नहुने उल्लेख गर्दै वर्षका ३ सय ६५ दिन बाल अधिकार संरक्षणमा लाग्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बालवालिकाका लागि भएका नीति नियम पालना गराउनु राज्यको दायित्व भएको बताए । उनले बालवालिकाहरुको हकहितका लागि सरोकारवाला सबै निकायबीच समन्वय हुनुपर्ने आवश्यकता औंल्याए । क्षेत्रीले जिल्लामा बाल श्रम त्यति नभए पनि बाल बिबाह धरै रहेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए । यस्तै बाल संगठन दैलेखका अध्यक्ष जगतजंग थापाले बाल अधिकार संरक्षणको पहिलो दायित्व अभिभावकको भएको बताएका छन् । उनले अभिभावकबाटै बाल अधिकार संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । बाल अधिकार संरक्षणबारे विभिन्न नारा लेखिएका प्लेकार्ड सहित र्यालीले दैलेख सदरमुकामस्थित दैलेख बजार परिक्रमा गरेको थियो ।

यसैबिच, दैलेखको जम्भुकाँधमा पनि २७ औं बालअधिकार दिवशको अबसर पारी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जम्वुकाँधस्थित जनता माध्यामिक विद्यालय लैनचौरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा इन्सेक प्रतिनिधि तथा पत्रकार अमर सुनारले बालअधिकार, मानवअधिकार प्रत्याभूतीको प्रारम्भ बिन्दू भएको बताएका छन् । बालअधिकारको प्रवद्र्धन गर्न सके बालबालिकाको बृत्ति, सुरक्षा, संरक्षण र विकासको अवसर सृजना गरेको सुनारले बताए । उनले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन गराउन सके शैक्षिक विकासमा सहयोग पुग्ने बताएका छन् । जनता बाल क्वलका कार्यवाहक अध्यक्ष आयुशा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जनता मावि लैनचौरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउचने कामी र विद्यालयका प्रधानाध्यापक धु्रवनाथ योगीले पनि अन्तरराष्ट्रिय बालअधिकार दिवसको महत्व र सान्दर्भिकता विषयमा प्रकाश पारेका थिए । यस्तै ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२’ र दीगो विकास लक्ष्यको कार्यान्वयनका लागि सिविन नेपालले राजधानीमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ