१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जग्गाको किचलोले नवलपरासीमा एक जनाको ज्यान गयो

६ मंसिर २०७३, सोमबार ०६:२८

मङ्सिर ६, नवलपरासी । जग्गासम्बन्धी विवाद र किचलोका कारण नवलपरासीको बर्दघाट–४ बाढीपीडितका एकजनाको ज्यान गएको घटना सार्वजनिक भएको छ । 

जग्गा विवादमा आफ्ना बाबुको मृत्युको कारण बनेको भन्दै बर्दघाट–४ बाढीपीडितका हरिप्रसाद शर्माको मृत्यु भएपछि निजका छोरा विशाल शर्मा र श्रीमती गीता शर्माले प्रहरीमा उजुरी गरेका छन् । 

विसं २०५० अघि आफ्ना बाबुले खरिद गरेको जग्गाको स्वामित्व अहिलेसम्म पनि आफ्नो नाममा ल्याउन नसकेपछि शर्माले विषसेवन गरी विवादित जग्गामा रहेको आफ्नै गोठमा मृत्युवरण गरेको परिवारिक स्रोतले जनाएको छ । 

जग्गा आफ्नो नाममा नामसारी गर्न नसकेपछि तनावमा रहेका शर्मालाई केही दिनअघि स्थानीयवासी एकजनाले सो जग्गा आफूले खदिर गरेको कागज देखाएर प्रशासनमार्फत जग्गा खाली गर्न ढाडो उजुरी दिएपछि तनाव सहन नसकेर विषसेवन गरेको शर्माकी धर्मपत्नी गीता शर्माले बताउनुभयो । 

विसं २०३८ पहिले पुनर्वास कम्पनीले स्थानीयवासी हरिबहादुर कुमाललाई दिएको एक बिगाहा जग्गा २०४० सालतिर हरिबहादुर कुमालले मृतक हरिप्रसाद शर्माका बाबु प्रजापति शर्मालाई भोगचलनको छोडपत्र गरी बिक्री वितरण गरेका थिए । पछि जग्गाको लालपुर्जा आउँदा बिक्री गरेका हरिबहादुर कुमालको नाममा आएको र हरिबहादुर कुमालले प्रजापति शर्मालाई पास गरी नदिएपछि जग्गाको किचलो सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो