Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ६, खोटाङ । दिक्तेल नगरपालिका–१४ स्थित खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साधारण उपचारका लागि पनि अस्पताल धाउनुपर्ने स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङले स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

नगरपालिका क्षेत्रभित्र अस्पतालको अपायक पर्ने वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको उद्देश्यअनुरुप सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा रामबहादुर केसी बताउनुभयो । स्वास्थ्य केन्द्र स्थापना गरिएसँगै खानीडाँडावासीले वर्षौंदेखि अस्पताल धाउनुपर्ने समस्या समाधान भएको छ ।

स्वास्थ्य केन्द्रमा खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, झाडापखाला, निमोनिया, क्षयरोग, कुपोषण, मलेरियाको सामान्य उपचार हुने गर्दछ । रासस