Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 21, 2016 झापा - JP, समाज

झापामा मारुती भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ६, झापा । </b>पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा मारुती भ्यानको ठक्करबाट आज दिउँसो एक व्यक्तिको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–२ निवासी ५० वर्षीय लोकबहादुर राई रहेका छन् । उनलाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१च ३५२६ नंको मारुती म्यानले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।&nbsp;</p><p>साइकलमा सवार उनलाई भ्यानले ठक्कर दिएलगत्तै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । रासस&nbsp;</p>