सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ ।  मध्यपश्चिम प्रहरी प्रमुख एवं डिआईजी माधव नेपालले दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विशेष सुरक्षा योजना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ ।  मध्यपश्चिम प्रहरी प्रमुख एवं डिआईजी माधव नेपालले दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विशेष सुरक्षा योजना "/>
2026-09-19 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विषेश सुरक्षा योजना – डिआईजी नेपाल

सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ ।  मध्यपश्चिम प्रहरी प्रमुख एवं डिआईजी माधव नेपालले दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विशेष सुरक्षा योजना लागु गरिएको बताएका छन् । दाङको घोराहीमा सोमवार विहान आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो बताएका हुन । अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, गुण्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर मध्यपश्चिमका १५ जिल्लाहरुका विशेष सुरक्षा योजना लागु गरिएको उनले जानकारी दिए ।

प्रहरीको विशेष सुरक्षा योजना लागु भएपछि सबैभन्दा धेरै सुधार दाङमा आएको पनि उनले बताए । डिआईजी नेपलालले भने ‘ अहिले दाङमा गुण्डागर्दी गर्ने, जुवा खेलाउनेहरु लुकेर बस्न बाध्य छन् ।’ उनले विशेष सुरक्षा योजनाले लागु औषध ओसार पसार गर्नेहरु समेत छिन्न भिन्न अवस्थामा पुगेको बताए । दर्जनौ पक्राउ पर्नु , कारवाही भोग्नुले कुनैपनि लागु औषध ओसार पसारको ट्रान्जिट प्याइन्ट जस्तै बनेको दाङमा अहिले उल्लेखनिय सुधार आएको डिआईजी नेपालले बताए । डिआईजी नेपालले दाङको सुरक्षाका लागि सिमा नाकामा थप ध्यान केन्द्रित गर्नुपर्ने धारणा समेत राखेका थिए ।

हेमराज हत्या काण्डमा प्रहरी गम्भीर अनुसन्धानमा

यसैबीच रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको हत्यारा पहिचानको सवालमा अनुसन्धान जारी रहेको डिआईजी नेपालले बताएका थिए । पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले सोधेको प्रश्नको जवाफमा डिआईजी नेपालले हेमराज हत्या काण्डका वारेमा प्रहरीको हेडक्वाटर देखि जिल्ला प्रहरी र क्षेत्रीय प्रहरी गम्भिर ढंगले अनुसन्धानमा लागेको बताए । अनुसन्धान जारी रहेकोले हाल सम्म हत्याराको पहिचान हुन नसक्दा समस्या भइरहेको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ