2026-06-19 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मिर्गौला रोगी बालिकालाई प्रवासीको सहयोग

2016-11-22

मङ्सिर ७, पर्वत । विगत चार वर्षदेखि मिर्गाैलाको रोगका कारण थलिएकी यहाँकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन् । 

रोजगारीका लागि पर्वतबाट दोहा कतारमा पुगेका युवाले पर्वतको राम्जाठाँटी गाविस–३ की १४ वर्षीया किशोरी अनिता शर्मालाई सहयोग गरेका हुन् । विगत चार वर्षदेखि मिर्गाैला रोगबाट पीडित बनेकी किशोरीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले पर्वत सम्पर्क मञ्च, दोहा, कतारले नगद रु ३० हजार सहयोग गरेको हो । 

उक्त रकम सोमबार कुश्मामा एक कार्यक्रमको आयोजना गरी पीडित किशोरीका बाबुु डिल्लीराम शर्मालाई नेकपा (एमाले)का अध्यक्ष पदम गिरीले हस्तान्तरण गर्नुभएको हो । 

दुईवटै मिर्गाैलामा समस्या देखिएपछि राजधानीका विभिन्न अस्पतालमा उपचार गराउँदै आएको उनले बताए । उनी अहिले नियमित औषधि सेवन गरिरहेकी छिन् । उनी गाउँमै रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छिन् । आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारमा नियमित औषधोपचारका लागि रकम अभाव भएपछि विभिन्न दाताले सहयोग गर्दै आएका छन् । 

अनिताको उपचारका लागि हालसम्म रु तीन लाखभन्दा बढी खर्च भइसकेको बाबु डिल्लीराम शर्माले बताउनुभयो । उहाँले अहिले औषधी सेवनले काम गरेको र औषधिले काम गर्न छाडेपछि मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने जानकारी दिनुभयो । उहाँले आफ्नी छोरीको उपचारका लागि आवश्यक सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । 

उहाँका दुई छोरी र दुई छोरा रहेका छन् । उक्त सहयोग रकम मञ्चका अध्यक्ष शेषराज तिमिल्सिनाको पहलमा सङ्कलन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ