2026-06-19 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वास्थ्यको कार्यसम्पादनमा सुर्खेत दोस्रो

2016-11-22

गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा सुर्खेत दोस्रो स्थानमा पर्न सफल भएको छ । 

स्वास्थ्य मन्त्रालयले बर्षभरका लागि दिएको कार्यहरुको सम्पादन गरेको आधारमा उत्कृष्ठता छुट्याउने क्रममा सुर्खेत दोस्रो भएको हो । स्वास्थ्यको क्षेत्रमा ३५ वटा सुचक भित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भचाँज, क्षयरोग, बेरुजु फ्रच्यौट, क्षेत्रिय स्वास्थ्यले दिएको अँक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा सुर्खेतले दोस्रो स्थान पाएको हो । 

मूल्यांकनबाट पहिलो नम्बरमा अछाम यसबर्षको उत्कृष्ठ जिल्ला घोशित भएको छ । गतवर्ष अछाम दोस्रो स्थानमा थियो । सबैभन्दा पुछारमा भने मनाङ परेको छ । मनाङ गतवर्ष भन्दा दुई स्थान तल झर्दै अन्तिममा पुगेको हो । 

आर्थिक बर्ष २०७२/७३ को राष्ट्रिय समिक्षा गोष्ठीको अवसरमा अछामलाई सर्वोत्कृष्ठ जिल्ला घोषणा गरिएको थियो । मुल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टा छुट्टै सूचकबाट प्राप्त अंकका आधारमा यसपटक ९२.३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९०.५४ प्रतिशतको आधारमा सुर्खेत दोस्रो र ९०.४१ प्रतिशतका आधारमा बैतडी तेस्रो भएका छन् । 

सबैभन्दा कम उपलब्धी हासिल गरी पुछारमा अर्थात ७५ औँ स्थानमा पुगेको मनाङले ५७.६५ प्रतिशत अंक ल्याएको छ । अन्तिमबाट दोस्रो बनेको अर्थात ७४ औँ स्थानमा रहेको इलाम ६२.७८ प्रतिशत अंक ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ